बुधबार, २० चैत २०८१
ताजा लोकप्रिय
पूर्वराजालाई काठमाडौँ महानगरको पत्र

निर्मल निवासले बालेनको पत्र नबुझेपछि अर्को प्रक्रियामा जाने

आइतबार, १७ चैत २०८१, ११ : ३४
आइतबार, १७ चैत २०८१

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहलाई पत्र बुझाउन गएको काठमाडौँ महानगरपालिकाको टोली निर्मल निवासको गेटबाटै फर्काइएपछि महानगरले अर्को प्रक्रिया अपनाएर पत्र बुझाउने भएको छ । 

आइतबार बिहान काठमाडौँ महानगरपालिकाको टोली निर्मल निवास गेटमा पुगेपनि महानगरको टोलीलाई प्रहरीले गेटबाटै फर्काइदिएको हो । काठमाडौँ महानगरपालिका प्रहरी बलका प्रमुख राजु पाण्डेले निर्मल निवासले पत्र बुझ्न नमानेपछि अर्को प्रक्रियामार्फत पत्र बुझाइने बताए । 

‘हुलाक लगायत अन्य प्रक्रियाबाट पत्र बुझाउँछौ’, प्रमुख पाण्डेको भनाइ छ । चैत १५ गते तीनकुने कोटेश्वर क्षेत्रमा राजावादीले गरेको प्रदर्शनका क्रममा भएको क्षतिको जरिवाना तोक्दै महानगरपालिकाले पूर्व राजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा ७ लाख ९३ हजार जरिवाना गरेको पत्र पठाउने निर्णय गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप