प्रेस सेन्टरमा सहमति हुन सकेन, निर्वाचन प्रक्रियामा विलम्ब

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टरको महाधिवेशनबाट नयाँ नेतृत्व सहमतिमै टुंग्याउने प्रयास भएपनि आकाङ्क्षीहरूले अडान नछाड्दा समस्या भएको छ । सहमति हुन नसकेपछि बहुसंख्यक प्रतिनिधिले चुनावको माग गरेका छन् ।
एक प्रतिनिधिका अनुसार विशेषगरी अध्यक्ष र महासचिव पदमा सहमति जुट्न सकेको छैन ।
अध्यक्षमा कमल गिरी र दीपेन्द्र रावलले आ–आफ्नो दाबी छाडेका छैनन् । यस्तै महासचिवमा दिपेन्द्र शर्मा कि मनोज घर्ती मगर भन्नेमा सहमति नजुटेको हो । जसका कारण नेतृत्व चयन प्रक्रियामा विलम्ब भएको ती प्रतिनिधिको भनाइ छ ।
महासचिवमा सहमति हुँदा गिरिलाई अध्यक्ष बनाएर अघि बढ्न प्रचण्डले सुझाव दिएको नेताहरू बताउँछन् । तर, जनार्दन शर्मा पक्षका दीपेन्द्र रावलले आफू ब्याक नहुने बताउँदै निर्वाचन प्रक्रियामा जान तयार रहेको बताएका छन् ।
प्रेस सेन्टरको पाँचौँ अधिवेशन शनिवारदेखि राजधानीमा सुरु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेशबाटै लाइसेन्स र ब्लु बुक छाप्दै बागमती सरकार
-
दैनिक उपभोग्य सामाग्रीको भन्सार महसुल घटाउन माग
-
प्रहरीको विधि विज्ञानतर्फ योग बहादुर पाल एसएसपी बढुवा सिफारिस
-
पोखरा विमानस्थलमा भ्रष्टाचार : २ अर्ब २२ करोड तत्काल असुलउपर गर्न सिफारिस
-
शिक्षक आन्दोलन : सर्वोच्चको आदेश कार्यान्वयन गरी समस्या समाधानका लागि पहल गर्न बारको अपिल
-
काठमाडौँक बढ्दो शहरीकरण कसरी व्यवस्थापन गर्ने ? - राज महर्जन, शहरी योजनाकार