मङ्गलबार, १९ चैत २०८१
ताजा लोकप्रिय
संसद्

सदनको गतिरोध हटाउन सभामुखले थाले प्रमुख सचेतकहरूसँग छलफल

आइतबार, १७ चैत २०८१, ११ : १४
आइतबार, १७ चैत २०८१

काठमाडौँ । प्रतिनिधिसभामा भइरहेको गतिरोध हटाउन सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् । संसद् भवन नयाँ वानेश्वरमा सभामुख घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेको प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए । 

विपक्षी दलहरूले सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलामान घिसिङलाई हटाएकोबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा जवाफ दिनुपर्ने माग गर्दै बुधवारबाट प्रतिनिधिसभामा अवरोध गर्दै आएका छन् । 

बुधवार र बिहीबार सदनमा जवाफ नदिने बताएका प्रधानमन्त्री ओलीले शुक्रवार भने सोमबार प्रतिनिधिसभामा जवाफ दिने जानकारी गराएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप