ज्ञानेन्द्र शाहलाई पत्र बुझाउन गएको काठमाडौँ महागरपालिकाको टोलीलाई गेटबाटै फर्काइयो (तस्बिरहरु)

काठमााडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई पत्र बुझाउन गएको काठमाडौँ महागरपालिकाको टोलीलाई निर्मल निवासको गेटबाटै फर्काइएको छ । आइतबार बिहान काठमाडौँ महानगरपालिकाको टोली निर्मल निवास गेटमा पुगेको थियो ।
उनीहरुलाई प्रहरीले पूर्वराजासँग सम्बन्धित विषय नभएको भन्दै गेटबाटै फर्काइदिएको हो । शनिबार महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा ७ लाख ९३ हजार जरिवाना गरेको पत्र पठाउने निर्णय गरेको थियो।
राजधानीको तीनकुने क्षेत्रमा प्रदर्शन गरेका राजावादीले वातावरण प्रदूषण गरेको लगायतका शीर्षकमा महानगरले सो रकम बराबरको जरिवाना गर्ने निर्णय गरेको हो। शुक्रबार भएको राजावादीहरुको आन्दोलनका क्रममा तीनकुने, कोटेश्वर लगायत क्षेत्रमा तोडफोड र आगजनी भएको थियो । महानगरले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन बमोमिज जरिवाना गराएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
‘कार्यशैली नबदले जनताले सरकारको विकल्प खोज्छन्’
-
गणेश थापामाथि फिफाले लगाएको प्रतिबन्ध टुंगियो
-
‘आफू काम नगर्ने, गल्लीमा बसेर गाली मात्र गर्ने ?’
-
कांग्रेस-एमालेका नेतासँगको संवादपछि सरकार टिक्दैन भनेको हो : प्रचण्ड
-
धौलागिरिमा तीन वटा लामा झोलुङ्गे पुल निर्माण सुरु
-
शिक्षा ऐन निर्माण नगर्नु सरकारको गैरजिम्मेवारपन हो : जनमोर्चा