मङ्गलबार, १९ चैत २०८१
ताजा लोकप्रिय

आज २५ अर्बको तरलता खिच्दै राष्ट्र बैंक

आइतबार, १७ चैत २०८१, १० : ४१
आइतबार, १७ चैत २०८१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ तान्ने भएको छ । अधिक तरलता समस्या समाधान गर्न निक्षेप संकलन बोलकबोलमार्फत २१ दिन अवधिको सो बराबरको तरलता खिच्न लागिएको हो ।  

यसका लागि आज ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्वेयरमार्फत निक्षेप संकलनको बोलकबोल हुने बैंकले जनाएको छ । उक्त निक्षेप  संकलनको आजै निष्कासन हुने समेत बैंकले जनाएको छ । 

इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । 

निक्षेप संकलनको साँवा ब्याज आगामी बैशाख ७ गते परिपक्व हुनेछ । यस निक्षेप संकलन केन्द्रीय बंँक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप