अर्थ
सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा १ लाख ७७ हजार नजिक
आइतबार, १७ चैत २०८१, १० : ४१

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । पछिल्लो समय एकपछि अर्को गर्दै बढिरहेको छापावाल सुनको मूल्य आइतबार तोलामा १ लाख ७६ हजार ८०० रुपैयाँ कायम भएको हो ।
यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार २०० रुपैयाँ कायम भएको थियो । जुन दिनको तुलनामा आइतबार ६०० रुपैयाँ बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आइतबार चाँदीको मूल्य भने घटेको छ । शुक्रबार तोलामा २ हजार ४० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार १५ रुपैयाँ घटेर तोलामा २ हजार २५ रुपैयाँ कायम भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सीईओ : दुई मन्त्रिपरिषद् बैठकमा दुई फरक नियुक्ति
-
नेप्सेका नवनियुक्त सीईओ चापागाईँले बुझे नियुक्ति पत्र
-
प्रकाशमान सिंह कार्यवाहक प्रधानमन्त्री
-
अर्जुनभक्त राईको अध्यक्षतामा खेलकुद महासंघ समाजवादीको नयाँ कार्यसमिति
-
वीरगञ्ज सुक्खाबन्दरगाह सञ्चालनको जिम्मेवारी भारतीय कम्पनीलाई
-
भोजपुरमा पनि ‘रेडपाण्डा’ संरक्षण अभियान