मङ्गलबार, १९ चैत २०८१
ताजा लोकप्रिय

सडकमा मान्छे पूर्वराजाको समर्थनमा होइन, सरकारको विरोधमा गएको होः सुदन किराती

आइतबार, १७ चैत २०८१, १० : ३३
आइतबार, १७ चैत २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीले सडकमा मान्छे पूर्वराजाको पक्षमा नभई सरकारको विरोधमा आएको दाबी गरेका छन् । 

आइतार राजधानीमा आयोजित युवाहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै किरातीले यस्तो बताएका हुन् । 

‘सडकमा मान्छे पूर्वराजाको समर्थनमा गएको होइन सरकारको विरोधमा गएको हो’, उनले भने, ‘जनतामा असन्तुष्टि थियो । यो अराजकताको रूप यति छिटो योस्तरमा व्यक्त हुनु ओली सरकारकै कारण हो। ’

उनले कूलमान घिसिङ प्रकरण नसेलाउँदै फेरि सरकारले त्रिविका उपकुलपतिलाई राजीनामा दिन बाध्य गराएको आरोप समेत लगाए । ‘राम्रो मान्छे भन्दा पनि हाम्रो मान्छे खोज्दा देश अति दलीयकरण हुँदै गयो’, उनले भने, ‘मेरिट्रोक्रेसीबाट आएको व्यक्तिलाई गैरकानुनी दबाब दिएर राजीनामा गराउनेसम्मको ओली सरकारको हर्कतले सुसासन लजाएको छ । ’

उनले देशमा देखिएको प्रतिगामी गतिविधिलाई निस्तेज गर्न र जनतामा विश्वास जगाउन सरकारले विद्युत प्राधिकरणबाट कुलमान हटाउने  र उपकुलपतिको राजीनामा पनि फिर्ता गराउनुपर्ने उनको भनाइ थियो । ‘नत्र शासन सत्तामा ओली बसे पनि ज्ञानेन्द्र बसेपनि नागरिकलाई  के फरक ?’ उनले भने । 

किरातीले सरकार नचुके त्यसको महँगो मूल्य व्यवस्थाले र देशले चुकाउनु पर्ने चेतावनी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप