मङ्गलबार, १९ चैत २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादीको पत्रकार सम्मेलन दिउँसो १ बजे

आइतबार, १७ चैत २०८१, ०९ : ३९
आइतबार, १७ चैत २०८१

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले विशेष पत्रकार सम्मेलनको आयोजना गरेको छ । 

हिजो चैत १६ गते शनिबार बसेको पार्टी स्थायी कमिटी बैठकका निर्णयसहित विकसित राजनीतिक घटनाक्रमका सन्दर्भमा जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरिएको पार्टी प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जनाकारी दिए । 

पत्रकार सम्मेलन दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा हुने राखेको पार्टीले जनाएको छ । 

१५ गते काठमाडौँको तीनकुने क्षेत्रमा राजावादीहरूले सो पार्टीको केन्द्रीय कार्यालयमा आक्रमण गरेका थिए । सोही दिन भएको समाजवादी मोर्चाको विरोध सभा भने शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप