मङ्गलबार, १९ चैत २०८१
ताजा लोकप्रिय

नागार्जुन नगरपालिकामा गाडी पल्टियो, एक जनाको मृत्यु

आइतबार, १७ चैत २०८१, ०७ : ४०
आइतबार, १७ चैत २०८१

काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका–८ ठुलो खोला नजिकै गएराति भएको गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । धादिङबाट काठमाडौँ आउँदै गरेको प्र ३ –०१–०२४  च ८३२२ नम्बरको खसी बोका बोकेको टाटा गाडी साइड दिने क्रममा रोडबाट अन्दाजी ४ सय मिटर तल खसेको थियो । 

राति ८ः ५० बजे दुर्घटना भएकोमा उपचारको लागि अस्पताल पुर्‍याइएका गोरखाका ५० वर्षीय गोकुल पाण्डेको राति १०ः२२ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहोराले रातोपाटीलाई बताए । 

सो दुर्घटनामा गोरखाका ४१ वर्षीय जमालुदिन मिया र ४३ वर्षीय रामजी भट्ट घाइते भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप