नागार्जुन नगरपालिकामा गाडी पल्टियो, एक जनाको मृत्यु
आइतबार, १७ चैत २०८१, ०७ : ४०

काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका–८ ठुलो खोला नजिकै गएराति भएको गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । धादिङबाट काठमाडौँ आउँदै गरेको प्र ३ –०१–०२४ च ८३२२ नम्बरको खसी बोका बोकेको टाटा गाडी साइड दिने क्रममा रोडबाट अन्दाजी ४ सय मिटर तल खसेको थियो ।
राति ८ः ५० बजे दुर्घटना भएकोमा उपचारको लागि अस्पताल पुर्याइएका गोरखाका ५० वर्षीय गोकुल पाण्डेको राति १०ः२२ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहोराले रातोपाटीलाई बताए ।
सो दुर्घटनामा गोरखाका ४१ वर्षीय जमालुदिन मिया र ४३ वर्षीय रामजी भट्ट घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटनाः थप २० जना पक्राउ
-
बिमस्टेकमा भाग लिन प्रधानमन्त्री थाइल्याण्ड प्रस्थान, तस्बिरहरू
-
गण्डकी प्रदेशसभामा घरेलु मदिरा वैध गर्नेबारे छलफल
-
म्यानचेस्टर सिटीका प्रभावशाली अर्लिङ हालान्ड लामो समय मैदान बाहिर
-
नेकपा एमालेका नेता नारदमुनि रानाले भने- आर्थिक चलखेलमा मेरो संलग्नता छैन
-
महिलाहरुको सशक्तीकरण र क्षमता अभिवृद्धिका लागि नबिल बैंकद्वारा देशव्यापी ७ वटा कार्यक्रम सम्पन्न