आँबुखैरेनीका तीन सडक धमाधम स्तरोन्नति हुँदै

तनहुँ । आँबुखैरेनी गाउँपालिकाकामा तीन वटा ग्रामीण सडकको धमाधम स्तरोन्नतिको भइरहेको छ । तीनवटै सडकको काम अन्तिम चरणमा पुगेको छ ।
आँबुखैरेनी गाउँपालिका–५ स्थित भकुण्डी– बरालुङबेँसी सडक, सोही वडाको लाब्दी घुमाउने सडक, आँबुखैरेनी गाउँपालिका–३ स्थित आँबु सडकको काम अन्तिम चरणमा पुगेको हो । ती सडक रु ९१ लाख ३८ हजार २१२ विनियोजन गरेर काम थालिएको गाउँपालिकाका योजना शाखा प्रमुख उमाकान्त पौडेलले जानकारी दिए । भकुण्डी–बरालुङबेँसी सडकका निम्ति स्थानीयले रु एक लाख ६३ हजार ८२४ योगदान गरेका छन् । आगामी असार १५ गतेभित्र काम सम्पन्न गर्ने लक्ष्य छ ।
लाब्दी–घुमाउने सडकमा स्थानीयले रु सात लाख ७५ हजार ६५७ योगदान गरेका उनले जानकारी दिए । यसैगरी आँबु मार्गको स्तरोन्नति रु पाँच लाख ३४ हजार ३८८ को लागतमा जारी छ । यो बाटोमा स्थानीयले रु ५४ हजार ३८८ योगदान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटनाः थप २० जना पक्राउ
-
बिमस्टेकमा भाग लिन प्रधानमन्त्री थाइल्याण्ड प्रस्थान, तस्बिरहरू
-
गण्डकी प्रदेशसभामा घरेलु मदिरा वैध गर्नेबारे छलफल
-
म्यानचेस्टर सिटीका प्रभावशाली अर्लिङ हालान्ड लामो समय मैदान बाहिर
-
नेकपा एमालेका नेता नारदमुनि रानाले भने- आर्थिक चलखेलमा मेरो संलग्नता छैन
-
महिलाहरुको सशक्तीकरण र क्षमता अभिवृद्धिका लागि नबिल बैंकद्वारा देशव्यापी ७ वटा कार्यक्रम सम्पन्न