मङ्गलबार, १९ चैत २०८१
ताजा लोकप्रिय

कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल

आइतबार, १७ चैत २०८१, ०६ : ४९
आइतबार, १७ चैत २०८१

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सानातिना समस्या देखिएपनि लगनशील भएर लाग्नाले सफलताको शिखर चुम्ने ग्रहयोग रहेको छ । पढाइ लेखाइमा सुधार हुने हुनाले अरुभन्दा अगाडी बढ्न सकिनेछ । दाजुभाइले तपाईँको काममा सहयोग गर्ने हुनाले ठुला तथा उपलब्धिमूलक काम गर्न सकिनेछ । मानव निर्मित तथा भौतिक साधनहरू प्राप्तिको योग रहेको छ । व्यापार, शेयर बजार तथा उद्योगमा लगानी गरी आम्दानीका स्रोतहरू फराकिला पार्न सकिनेछ । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्रा हुनेछ । प्रविधि वा सामाजिक सञ्जालको प्रयाग गर्दै हुनुहुन्छ भने ध्यान दिनु जरुरी देखिन्छ । छोटो दुरीको यात्रा गर्दै हुनुहुन्छ भने ख्याल गर्नुहोला ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) मंगलबारसम्मको समय मध्यम रहेकोले स्वास्थ्य सम्बन्धी सामान्य समस्या देखा पर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अल्छी गर्ने बानिले कामहरू बिग्रन सक्छ । अनावश्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । बुधवारबाट गीत संगित तथा कला साहित्यमा समय दिनेहरूले मनग्गे लाभ लिन सक्नेछन् । प्रेमको डोरो कसिलो भएर जानेछ । कामहरू समयमा नै सम्पन्न हुने हुनाले थप काम गर्न जोस जाँगर बढेर आउनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आम्दानीका बाटाहरू फराकिला हुनेछन् । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ भने तपाईँको बौद्धिकताको सबैले सम्मान गर्नेछन् ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) साताको सुरु र अन्तको समय राम्रो रहेकोले भौतिक सम्पत्तिहरू जुट्नेछन् भने उपहार प्राप्त हुने योग रहेको छ  । नयाँ कामहरू गरेर आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । सरकारी सम्पत्ति तथा पैतृक सम्पत्ति हात लागी हुने प्रशस्त सम्भावना रहेको छ । दाजुभाइ वा अग्रजहरूको सुझाव तथा सल्लाह मानेर अगाडी बढ्दा सफलता पाउन सकिनेछ । विद्यामा राम्रो प्रगति हुने हुँदा पढाइ लेखाइमा मन जानेछ । बौद्धिकता प्रयोग गरी समाजमा राम्रा काम गरेर देखाउन सकिनेछ भने आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । बुधबार र बिहीबारको समय मध्यम रहेकोले आफन्त तथा अग्रजहरूसँग विवाद सिर्जना हुनेछ । गैर न्यायिक काम नगर्नुहोला दण्ड तथा जरिवाना हुने समय रहेको छ । स्वास्थ्यमा समस्या आउने तथा औषधी उपचार खर्च बढेर जानेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सामाजिक तथा राजनीतिक क्षेत्रमा रुचि बढ्नेछ । समाजमा राम्रा काम गर्न सकिने हुनाले मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । आत्मीय मित्र तथा आफन्तका साथ रमाइलो यात्राको सम्भावना देखिन्छ । काम गर्ने जोस, जाँगर र आत्मबल बढ्नेछ । न्यायिक काममा भएको उल्झन बिस्तारै हराउँदै जानेछ । व्यापार,शेयर बजार तथा उद्योगमा सुझबुझका साथ लगानी गर्नाले आम्दानी बढाउन सकिनेछ । निर्माण सामाग्री तथा अटो पार्टसको सामानको खरिद बिक्रीमा उल्लेख्य वृद्धि हुनेछ । साताको अन्ततिर स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढेर जानेछ । यात्रा गर्दा वा काममा जाँदा ध्यान दिनुहोला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) साताको समय राम्रो रहेकोले सरकारी तथा पैतृक धन तथा सम्पत्ति प्रयोग मार्फत रोजगारी सिर्जना गरी मनग्गे लाभ लिन सकिनेछ । बौद्धिक क्षमतामा वृद्धि हुनाले राजनीतिमा आजको दिन पद पाउने योग रहेको छ । प्रतिष्ठित व्यक्तिको सहयोगले उपलब्धिमूलक कामहरू बन्ने तथा सामाजिक क्षेत्रमा नाम कमाउन सकिनेछ । शत्रु परास्त हुनेछन् भने विद्या तथा प्रतिस्पर्धामा तपाईँकै नाम आउनेछ । निर्माण सामाग्री, अटो पार्टस तथा बिलासी सामानको खरिद बिक्रीबाट नाफा कमाउन सकिनेछ । सेयर बजारमा तीव्र उतारचढावका बिच नाफा कमाउन सकिनेछ । शैक्षिक वा धार्मिक यात्राको प्रशस्त सम्भावना रहेको छ । नयाँ काम पाउने वा नोकरीमा पदोन्नतिको योग रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) मंगलबारसम्मको समय मध्यम रहेकोले परिवारमा आफन्त तथा पति पत्नी बीच विवाद बढ्नेछ भने चेली माईती बिचको सम्बन्धमा फाटो ल्याउन आफन्तहरुनै लागी पर्नेछन् । कामहरू समयमा सम्पन्न नहुने हुँदा दुख पाउने समय रहेको छ भने आर्थिक व्यवस्थापन गर्न नजान्दा घरायसी समस्याहरू सुल्झाउन असजिलो हुनेछ । बुधवारबाट अध्ययन अध्यापनमा अरूलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ काम गर्ने जोस जाँगर बढेर आउनेछ । व्यापार व्यवसायबाट नाफा कमाउन सकिनेछ भने यात्राको तय हुनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै बढ्न सकिनेछ भने माया प्रेम गर्नेहरूले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यातित गर्दा खुसी भएको महसुस गर्नेछन् । राज्यपक्षबाट पद पाइने ग्रहयोग रहेको छ भने समाजको पक्षमा काम गर्न सक्दा इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ ।  

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) साताको सुरु र अन्तको समय राम्रो रहेकोले आर्थिक पक्ष बलियो रहने हुनाले जीवन शैली बिलासी रहनेछ । नयाँ काम गरी आम्दानी बढाउन सकिनेछ भने भौतिक सम्पत्ति तथा स्थायी सम्पत्ति जोड्न सकिनेछ । माया प्रेममा नजिक हुने तथा आफन्त तथा प्रियजन भेटिने हुँदा मन प्रसन्न रहनेछ । रमाइलो यात्राको तय गर्न सकिनेछ । परिवारसँगै बसेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्ने हुनाले मन खुसी रहनेछ । काम वा अध्ययनको सवालमा लामो दुरीको यात्राको तय हुनेछ । मन्दिर तथा धार्मिक प्रतिष्ठानको यात्रा गरी टिका र प्रसाद ग्रहण गर्न सकिनेछ । बुधबार र बिहीबारको समय मध्यम रहेकोले कुनैपनि कामलाई पुनः गर्नु पर्दा मानसिक तनाव बढ्नेछ । पुराना रोगहरू फेरि बल्झन सक्छ ध्यान दिनुहोला । कुनै पनि विवादमा सामेल भए हारिने सम्भावना रहेको छ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) शेयर बजार तथा वित्तीय क्षेत्रमा गरिने लगानीबाट आम्दानी हुनेछ । मौसम अनुसारको सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । सामाजिक तथा कल्याणकारी काम गरी नाम कमाउन  सकिनेछ । धर्म तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । लामो दुरीको धार्मिक वा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउको भ्रमण हुनेछ । नयाँ काम पाउने वा नोकरीमा सुगम स्थानमा स्थानान्तरणको ग्रहयोग रहेको छ । साङ्गीतिक क्षेत्रमा समय लगानी गर्नेहरूका लागी समय उत्तम रहेको छ भने यात्राको अवसर जुर्नेछ । प्रविधि तथा सामाजिक सञ्जालको प्रयोग गरी आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) साताको समय राम्रो रहेकोले धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । सानो प्रयत्नले उपलब्धिमूलक कामहरू हुनेछन् । राज्यको नजिक भई काम गर्नेहरूले आर्थिक लाभ प्राप्त गर्ने समय रहेको छ । नयाँ काम पाउने तथा नोकरीमा बढुवा वा सुगम स्थानमा स्थानान्तरणको बलियो योग रहेको छ । शेयर बजार तथा वित्तीय क्षेत्रमा बुझ बुझका साथ गरिने लगानीबाट आम्दानी गर्न सकिनेछ । निर्माण सामाग्री, स्टेस्नरी तथा अटो पार्टसको खरिद बिक्रीबाट मनग्गे लाभ लिन सकिनेछ । न्यायालयबाट हुने न्याय सम्पादन तपाईँकै पक्षमा फैसला हुनेछ । गति संगित तथा मनोरञ्जनात्मक क्षेत्रबाट नाम तथा दाम दुवै कमाउन सकिनेछ । साहित्य लेखन तथा कलाकारिताको क्षेत्रमा समय खर्चनेहरूका लागी साता राम्रो रहेको छ । अध्यात्म तथा धार्मिक क्षेत्रमा मन जानेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समय राम्रो रहेकोले लामो समयदेखि रोकिएका कामहरू सम्पन्न हुनाले मन प्रसन्न हुनेछ । नोकरी वा अध्ययनमा हुने प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । निर्माण सामाग्री, अटो पार्टस, खाद्यान्न तथा गरगहनाको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । वित्तीय क्षेत्र तथा शेयर बजारमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । आफन्त तथा मावलीको सहयोग प्राप्त हुनेछ । न्यायालयबाट हुने न्याय सम्पादन तपाईँकै पक्षमा फैसला हुनेछ । प्रेममा रमाउन चाहनेहरूका लागि समयले यात्राको अवसर जुराउनेछ । वंश वृद्धिको योग रहेको छ भने सन्तानको प्रगतिमा मन रमाउनेछ । तरपनि छोटो दुरीको यात्रा गर्दा भने ध्यान दिनुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) साताको सुरु र अन्तको समय राम्रो रहेकोले समाजमा गुमेको साख फिर्ता हुनुको साथै आफ्नो वर्चस्व बढाउन सकिनेछ । समयको भरपुर सदुपयोग गरी भाग्य वृद्धि गर्न सकिनेछ । नियमित काममा दाजुभाइ तथा आफन्तको सहयोग हुने हुँदा मन प्रसन्न हुनेछ । उत्पादित उद्योग, शेयर बजार, खाद्यान्न, निर्माण सामाग्री, अटोपार्टस तथा गरगहना लगानी बढाई भनेजस्तो रुपैयाँ पैसा कमाउन सकिनेछ । छोटो,रमाइलो तथा उपलब्धिमूलक यात्रा हुने अधिक सम्भावना रहेको छ । बुधबार र बिहीबारको समय मध्यम रहेकोले परिवारमा आमासँग मनमुटाव उत्पन्न हुनेछ । राजनीति तथा समाजसेवामा सहभागी हुनेहरूले जनतासँग सन्तुलित व्यवहार गर्नुहोला । स्वास्थ्यको ख्याल गर्नुहोला छाती सम्बन्धी समस्या आउने तथा खर्च बढ्ने योग रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) शुभ तथा मांगलिक सभा समारोहमा सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । छोटो तथा रमाइलो यात्राको तय हुनेछ । माया प्रेममा सामीप्य बढेर जाने तथा जीवन साथीसँगको सम्बन्ध थप सुमधुर हुनेछ । खाद्यान्न, गरगहना, औषधी, शेयर बजार तथा स्टेस्नरीसँग सम्बन्धित सामानको खरिद बिक्रीमा उल्लेख्य वृद्धि हुनेछ । सवारी साधन तथा अटो पार्टस्को  खरिद बिक्रीबाट मनग्गे आम्दानी हुनेछ । राजनीति तथा सामाजिक काममा जनताको साथ समर्थन पाइने योग रहेको छ । काम वा अध्ययनको सवालमा लामो दुरीको यात्राको प्रबल सम्भावना रहेको छ । साङ्गीतिक क्षेत्रमा समय लगानी गर्नेहरूका लागी साता उत्तम रहेको छ ।

तपाईँको दिन शुभ रहोस् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप