सूर्यनारायणको बार आज कसलाई कति फलदायी ?

आज विक्रम संवत २०८१ साल चैत्र १७ गते, आइतबार । ईश्वी सन् २०२५ मार्च ३० तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । वसन्त ऋतु । श्रीशाके १९४६ । चैत्र शुक्लपक्ष । तिथि–प्रतिपदा, ५१ घडी ५२ पला, दिउँसो २ बजेर ४४ मिनेट उप्रान्त द्धितीया । नक्षत्र–रेवती, ३१ घडी ५३ पला, बेलुकी ६ बजेर ४४ मिनेट उप्रान्त अश्विनी । योग–ऐन्द्र, ३५ घडी २२ पला, बेलुकी ८ बजेर ८ मिनेट उप्रान्त वैधृती । करण–बव, दिउँसो २ बजेर ४४ मिनेट उप्रान्त बालव, रातको १ बजेर ३२ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–प्रवद्र्ध योग । चन्द्रराशि–मीन, बेलुकी ६ बजेर ४४ मिनेट उप्रान्त मेष । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५९ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर १९ मिनेट । दिनमान ३० घडी ५२ पला ।
आजको बार बेला
बिहान ५ बजेर ५९ मिनेटसम्म उद्धेग बेला ।
बिहान ६ बजेर ० मिनेटदेखि बिहान ७ बजेर ३२ मिनेटसम्म चर बेला ।
बिहान ७ बजेर ३३ मिनेटदेखि बिहान ९ बजेर ४ मिनेटसम्म लाभ बेला ।
बिहान ०९ बजेर ५ मिनेटदेखि बिहान १० बजेर ३७ मिनेटसम्म अमृत बेला ।
बिहान १० बजेर ३८ मिनेटदेखि बिहान १२ बजेर ९ मिनेटसम्म काल बेला ।
मध्यान्ह १२ बजेर १० मिनेटदेखि दिउँसो १ बजेर ४२ मिनेटसम्म शुभ बेला ।
दिउँसो १ बजेर ४३ मिनेटदेखि दिउँसो ३ बजेर १४ मिनेटसम्म रोग बेला ।
दिउँसो ४ बजेर १५ मिनेटदेखि बेलुकी ४ बजेर ४७ मिनेटसम्म उद्धेग बेला ।
बेलुकी ४ बजेर ४८ मिनेटदेखि बेलुकी ७ बजेर ४७ मिनेटसम्म शुभ बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
बेलुकी ४ बजेर ४७ मिनेटदेखि बेलुकी ६ बजेर १९ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।
ब्रम्हा मुहुर्त
बिहान ४ बजेर २४ मिनेटदेखि बिहान ५ बजेर १२ मिनेटसम्म ब्रम्हा मुहुर्त रहनेछ ।
आजको राशिफल
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) आफन्त तथा अग्रजहरुसँग विवाद सिर्जना हुनेछ । गैर न्यायिक काम नगर्नुहोला दण्ड तथा जरिवाना हुने समय रहेकोछ । स्वास्थ्यमा समस्या आउने तथा औषधि उपचार खर्च बढेर जानेछ । माया प्रेममा धोका हुनेछ भने पढाइ लेखाइमा मन नजादा अरुभन्दापछि परिनेछ । र, पनि विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ भने कर्म प्राप्तिका लागि लामो दुरीको विदेश यात्रा हुनेछ ।
बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) आर्थिक अवस्था उकास्न गरिने क्रिर्याकलापहरु फस्टाएर जाने हुनाले मनग्गे आम्दानी हुनेछ । बुवाको धन परिचालन गरी लाभ लिन सकिनेछ । शिक्षा तथा यस्तै क्षेत्रमा लगानी गर्ने अवसर आउनेछ । दाजुभाइको सहयोगले सवारी साधन जोड्न सकिनेछ भने प्रेम तथा मित्रतामा आत्मियताको विकास हुनेछ । अध्ययनमा सुधार भएर जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाईको नाम आउनेछ ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाइनेछ । नयाँ काम पाउने तथा व्यापारमा प्रसस्त आम्दानी हुनाले आर्थिक स्थिति सुदृड हुनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । अध्ययनमा राम्रो सफलता हात लाग्नेछ । प्रणय सम्बन्धको डोरो कसिलो भएर जानेछ । पैत्रिक सम्पत्ति तथा सरकारी सम्पत्तिको प्रयोग गर्न पाइने हुँदा मन प्रशन्न हुनेछ । अध्ययन वा कामको सवालमा लामो द्ुरीको यात्राको योग रहेकोछ ।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) पढाइ लेखाइ विद्यार्थीहरुले राम्रो प्रगति गर्ने समय रहेकोछ । धर्म तथा अध्यात्म क्षेत्रमा रुची बढ्नेछ भने मन्दिर तथा धार्मिक प्रतिष्ठानतिर गई टीका तथा प्रसाद ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । बन्द व्यापार फस्टाएर जानेछ भने नयाँ ठाउँमा लगानी गर्ने वातावरण बन्नेछ । माया प्रेममा नजिक भई आफ्ना आवना साटासाट गर्ने अवसर जुर्नेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईंको सहभागिता उच्च स्तरको रहनेछ ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टें) समयमा काम नबन्नाले दुःख पाइनेछ भने आर्थिक संकटको सामना झेल्नु पर्नेछ । दिदिबहिनीसँग मनमुटाव बढ्ने तथा टाडिने समय रहेकोछ । सवारी साधन प्रयोग गर्दा वा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । पढाइ लेखाइमा मन नजादा अरुभन्दा पछि परिनेछ भने माया प्रेममा अविश्वास बढ्ने योग रहेकोछ । गोप्य सूचना तथा घर परिवारका कुराहरु बाहिर जाने हुनाले पारिवारिक कलह हुन सक्छ ध्यान दिनुहोला । साझपख समय राम्रो रहेकोले साना प्रयत्नले राम्रा काम गर्न सकिनेछ ।
कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) नयाँ सवारी साधन तथा मन परेको भौतिक सम्पत्ति जोड्ने समय रहेकोछ । सामूहिक लगानीकर्ता भेला पारी सुरु गरिने व्यापार व्यवसायबाट आम्दानी गर्न सकिनेछ । वित्तीय क्षेत्रमा लगानी गरि रुपैयाँ पैसा कमाउन सकिने तथा जीवनस्तर सहज रुपमा अगाडि बढाउन सकिनेछ । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नीबीच मायाको डोरो कसिलो हुनेछ ।
तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) बन्द व्यापारबाट मनग्गे आम्दानी हुनेछ भने नयाँ उद्योगमा लगानी गर्ने अवसर आउनेछ । तपाईंको कुरा काट्ने तथा विरोध गर्नेहरु तपाईंकै प्रशंसा गर्न थाल्नेछन् । कुनै पनि प्रतिस्पर्धामा प्रतिस्पर्धीलाई हराउदै जित हात पार्न सकिनेछ । मुद्दा मामिला तथा न्यायिक निर्णयहरु तपाईंकै पक्षमा फैसला हुनेछन् । शरीर स्वस्थ रहने हुनाले राम्रा काम गरी दाम कमाउन सकिनेछ । पढाइ लेखाइमा राम्रो नतिजाका साथ तपाईंको नाम अग्र स्थानमा आउनेछ ।
बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) अन्य क्षेत्रमा व्यस्त हुदा पढाइ लेखाइमा तपाईंको नाम अरुभन्दा पछि आउनेछ । प्रेममा अविश्वास बढ्नेछ भने सन्तान तथा छोराछोरीले तपाईंको काममा खासै सहयोग गर्ने छैनन् । भौतिक सम्पत्ति तथा बिलाशी सामानको प्रयोग गर्दा ध्यान दिनुहोला । प्रेममा नचाहादा नचाहादै छुट्टीनु पर्ने बाध्यता आउनेछ । व्यवसायमा लगानी गरेपनी प्रतिफल प्राप्त गर्न केही समय कुर्नु पर्नेछ ।
धनु (ये,यो,भा,भि,भु,ध,फा,ढा,भें) घर परिवार तथा आफन्तहरुमा विभिन्न समस्या देखा पर्नेछ । आमाको स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढेर जानेछ । प्रणय सम्बन्धमा सामान्य मनमुटाव सिर्जना हुनेछ । जग्गा सम्बन्धी विवादमा फस्ने योग रहेकोछ भने आन्तरिक धन सम्पत्तिमा विवाद सिर्जना हुन सक्छ ध्यान दिनुहोला । पढ्ने लेख्ने काममा खासै मन जाने छैन । कृषि तथा पशुपालन व्यवसायबाट भने सन्तोषजनक नाफा कमाउन सकिनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) अर्थ उपार्जनका विभिन्न स्रोतहरु जुट्ने हुनाले पछिसम्म आम्दानी हुने व्यवसायमा लगानी बढाउन सकिनेछ । परिवारका साथ रहेर मिष्टान्न भोजन लिने अवसर मिल्नेछ । तपाईंले सुरु गर्नुभएको कामको दाजुभाई तथा छिमेकिबाट उच्च मुल्याङकन हुने ग्रहयोग रहेकोछ । व्यापार व्यवसायमा भनेजस्तो नाफा कमाउन सकिनेछ भने छोटो तथा रमाइलो व्यवसायिक यात्राको तय हुनेछ । आफ्नो प्रिय पात्रलाई आफ्नै वरिपरी देख्न पाउदा मन प्रशन्न रहनेछ । विवादित विषयहरुको नतिजा तपाई आफ्नै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ ।
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) बोल्दा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । आफन्त तथा ईष्टमित्रसँग मनमुटाब बढ्नेछ । रुपैयाँ पैसाको कारोबार गर्दा ध्यान दिनुहोला सापटी लाने तथा अनावश्यक ठाउँमा खर्च बढ्नेछ । माया प्रेममा एक अर्कालाई शंका गर्नाले मनमुटाव बढ्नेछ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउनेछ । व्यापार व्यवसायमा लगानी गरी आम्दानी गर्नको लागि केही समय कुर्नु नै बेस हुनेछ ।
मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,ची) भौतिक वस्तुको प्रयोग गर्न पाइने तथा राम्रा पहिरनमा सजिएर अरुको मन लोभ्याउन सकिनेछ । तपाईंबाट राम्रा काम हुने हुनाले परिवार तथा साथीभाइहरु खुशी हुनेछन् । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहनेछ । नौलो प्रकृतिको काम गरेर आम्दानीका स्रोत बढाउन सकिनेछ भने व्यापारमा आजको दिन लगानी गर्नाले पछिसम्म लाभ मिल्नेछ । पारिवारिक जमघट वा घर परिवारमा आफन्तसँगै रहेर मिष्टान्न भोजन लिने अवसर मिल्ने हुनाले सबै खुशी रहनेछन् ।
तपाईंको दिन शुभ रहोस्,
-ज्योतिषी दुर्गा प्रसाद भण्डारी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरबाट लागुऔषध कारोबारीले लुटेको प्रहरीको पेस्तोल भेटियो
-
राष्ट्रपति पौडेलद्वारा संघीय संसद्को अधिवेशन अन्त्य
-
प्रतिनिधिसभाको एक पद रिक्त, रुपन्देही –३ मा उपनिर्वाचन कहिले ?
-
नेपाल शिक्षक महासंघले बुधवारदेखि काठमाडौँमा आन्दोलन गर्ने
-
स्ववियु निर्वाचनको बेला त्रिवि केन्द्रीय क्याम्पसमा गरिएको फोहोर विद्यार्थीहरूले गरे सफा
-
बोहराको निधनमा शोक प्रस्ताव पारित गरेर प्रतिनिधि सभा बैठक अन्त्य हुने