ला लिगामा रियाल मड्रिडले बार्सिलोनामाथि बढायो दबाब, अंक बराबरी

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियाल मड्रिडले बार्सिलोनामाथि दबाब बढाएको छ । शनिबार राती भएको खेलमा लेगानेसलाई ३-२ ले हराएर अंक बराबरी गर्दै रियालले शीर्ष स्थानमा रहेको बार्सिलोनामाथि दबाब बढाएको हो । जसले उपाधि दावेदारीमा थप रोचक हुँदै गएको छ ।
अंक तालिकामा बार्सिलोनाको २८ खेलबाट ६३ अंक छ भने रियालको २९ खेलबाट समान ६३ अंक भएको छ । तेस्रो स्थानमा रहेको एटलेटिको मड्रिडको ५७ अंक छ ।
रियाललाई जिताउन घरेलु मैदानमा केलियन एम्बाप्पेले दुई गोल गरे भने एक गोल जुड बेलिङघमको नाममा रहयो । पहिलो हाफमा रियालले एक गोल गर्दा लेगानेसले दुई गोल गरेको थियो । त्यो अवस्थालाई एम्बाप्पेले नै उल्ट्याए र टोलीलाई जित दिलाए । लेगानेसका लागि डिएको गार्सिया र ड्यानियल राबाले गोल गरेका हुन् ।
लिगको उत्तरार्धतिर आइपुग्दा प्रतिस्पर्धा बढेको छ भने बार्सिलोना र रियाल मड्रिड एक अर्कालाई अबका खेलमा चुक्नै नहुने दबाब परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराई मधेस जागरण अभियान पुनः सुरू भयोः अध्यक्ष दाहाल
-
प्रधानमन्त्रीले भेटे थाइल्याण्डका राजा
-
कर्मचारी स्थायी गर्न गण्डकी विश्वविद्यालयलाई उच्चको तगारो, दियो अन्तरिम आदेश
-
प्रकाश सपुतको ‘वसन्त’ले कति पायो शो ?
-
कोशी पर्यटन वर्ष २०८२ : लक्ष्य १० करोड खर्च गर्ने, तयारी कस्तो ?
-
तीनकुने घटनाका दोषीमाथि कारवाही गर्न नेविसंघको माग