मङ्गलबार, १९ चैत २०८१
ताजा लोकप्रिय

पर्यटकीय गन्तव्य बन्दै कुवेरधाम

आइतबार, १७ चैत २०८१, ०२ : ४६
आइतबार, १७ चैत २०८१

गलकोट । बागलुङ नगरपालिका–५ मालिका पञ्चासेमा रहेको कुवेरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन पूर्वाधार निर्माणमा जोड दिइएको छ । 

कुवेरले साधना गरेको र धनकुवेर नामकरण गरी धन संरक्षणको जिम्मा लगाइएको पञ्चासेमा अहिले धमाधम पूर्वाधार निर्माण भइरहेको छ । पौराणिक तथा धार्मिक महत्व बोकेर पनि ओझेल परेको कुवेरधामलाई हिमालयन बाबाको अगुवाइमा पूर्वाधार निर्माण, प्रचार–प्रसारलगायतका काम अघि बढाइएको छ ।

जगत्गुरु रामानुजाचार्य त्रिडण्डी स्वामी श्री हिमालयन बाबाका अनुसार, कुवेरले साधना गरेको मालिका मन्दिर क्षेत्र र कुवेरलाई धनकुवेरको नामकरण गरी धनको संरक्षणस्थलका रूपमा रहेको पञ्चासेमा कुवेरको ५४ फिट अग्लो मूर्तिसहित अन्य पूर्वाधार निर्माण गर्न योजना बनाइएको छ । धार्मिक हिसाबले अत्यन्तै महत्व बोकेको कुवेरधाममा ५४ फिट अग्लो कुवेरको मूर्ति निर्माण गर्ने लक्ष्यका साथ बागलुङ नगरपालिकाको सहयोगमा डिपिआर (विस्तृत आयोजना प्रतिवेदन) समेत बनाइएको छ । 

गण्डकी प्रदेश सरकारको पर्यटन मन्त्रालयको रु १० लाखबाट कुवेरधाममा मन्दिरलगायत संरचना बनाउन थालिएको र कुवेरको मूर्ति, सिसमहल, जनकल्याण भवनलगायत धार्मिक संचना बनाउनका लागि नौ करोड ६४ लाखको डिपिआर तयार पारिएको हो । बागलुङ नगरपालिकाले रु तीन लाख खर्चेर पूर्वाधार निर्माणका लागि आवश्यक डिपिआर तयार पारेर हस्तान्तरण गरेको उपप्रमुख राजु खड्काले जानकारी दिए । 

म्याग्दी जिल्लाको बेनी नगरपालिका–५ स्थित पौलस्य पुलहआश्रममा जन्मेर बागलुङको मालिकामा साधन गर्नुभएको स्थानमा कुवेर शिला, मन्दिरलगायत स्थल थिए । धार्मिक ग्रन्धमा कुवेरले साधना गरेको स्थान तथा धनकुवेर नामकरण गरेको पञ्चासे रहेको र त्यो कुरा त्यहाँ भएको मन्दिर तथा पौराणिक वस्तुले प्रमाणित गर्ने हिमालयन बाबाको भनाइ छ । 

पञ्चासेमा प्राचीन कुवेरधाम शिला र मन्दिर थियो । उक्त मन्दिरको अहिले जीर्णोद्वार भइरहेको छ । पाँच रोपनीमा कुवेरधामको संरचना बनाएर धार्मिक पर्यटक भित्र्याउने लक्ष्य लिइएको र बागलुङ नगरपालिकाले डिपिआर बनाउन सघाएको उपप्रमुख खड्काले बताए । 

पछिल्लो तीन वर्षयता कुवेरधाममा धार्मिक संरचना निर्माणले तीव्रता पाएको छ । उपप्रमुख खड्काका अनुसार दाताको सहयोगमा विभिन्न संरचना निर्माण गरिएको छ । कुवेरधाममा पुग्ने सडक स्तरोन्नति, कुटी निर्माण, आश्रयस्थल, शौचालय, पदमार्गलगायत संरचना पनि बनिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप