मङ्गलबार, १९ चैत २०८१
ताजा लोकप्रिय

स्पेनिस ला लिगामा एटलेटिकोलाई झट्का

आइतबार, १७ चैत २०८१, ०२ : १६
आइतबार, १७ चैत २०८१

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एटलेटिको मड्रिडलाई झट्का लागेको छ । इस्पानियोलको घरेलु मैदानमा एटलेटिको १-१ को बराबरीमा रोकिन पुग्यो । एटलेटिकोका लागि ३५ वर्षीय सिजर एजपिलिकुएटाले गोल गरे । उनले २५ गजको दुरीबाट शीर्ष कुनामा शानदार भली गरे । तर, घरेलु टोलीले त्यसको जवाफ फर्कायो । 

यो बराबरीले एटलेटिकोलाई निकै घाटा लागेको छ । उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका दुई हस्ती बार्सिलोना र रियाल मड्रिडलाई पछ्याइरहेको एटलेटिको केही बेरका लागि मात्रै भए पनि दोस्रो स्थानमा उक्लिने थियो । इस्पानियोलले उसको त्यो योजनामा अल्पविराम लगाइदिएको छ । 

अन्य खेलमा रायो भायकानोले डेपोर्टिभो अलाभेसलाई २-० ले हराउँदा रियाल सोसिडाडले रियाल भालाडोलिडलाई २–१ गोल अन्तरले हरायो । डेपोर्टिभो र रियाल भालाडोलिड रेलिगेशन जोनमा छन् । रायो भायकानो सातौं र रियाल सोसिडाड दशौं स्थानमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप