मङ्गलबार, १९ चैत २०८१
ताजा लोकप्रिय

आईपीएलको नवौं खेलमा गुजरात विजयी, पहिलो जित दर्ता गर्ने मुम्बई इन्डियन्सको योजना विफल

आइतबार, १७ चैत २०८१, ०१ : ५४
आइतबार, १७ चैत २०८१

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को नवौं खेलमा गुजरात टाइटन्स विजयी भएको छ । गुजरातले मुम्बई इन्डियन्सविरुद्ध ३६ रनको जित निकालेको हो । 

टस हारेर पहिले व्याटिङ गरेको गुजरातले जितका लागि १९७ रनको चुनौति पेश गरेकामा मुम्बई इन्डियन्स १६० रनमै समेटियो । नरेन्द्र मोदी स्टेडियम अहमदावादमा मुम्बईका लागि सूर्यकुमार यादवले ४८ तथा तिलक वर्माले ३९ रन बनाउन बाहेक अन्य व्याट्सम्यानले खासै अंक स्कोर जोड्न सकेनन् । मुम्बईलाई ६ विकेटको क्षतिमा १६० रनमै समेट्न गुजरातका प्रसिद्ध कृष्ण र मोहम्मद सिराजले दुई-दुई विकेट लिए । 

सुरु व्याटिङ गरेको गुजरातले ८ विकेटको क्षतिमा १९६ रन बनाएको थियो । गुजरातका लागि सुरुवाती व्याट्सम्यान सुदर्शनले अर्धशतक बनाए । उनले ४१ बलमा ६३ रन जोड्ने क्रममा ४ चौका र २ छक्का हिर्काए । उनी र कप्तान शुभमन गिलको जोडी निकै बेर जम्यो । 

गिलले २७ बल खर्चिएर ३८ रन बनाए । जोस बट्लरले २४ बलमा ३९ रन बनाए । यस्तै, सेरफान रदरफोर्डले १८ रनको योगदान दिए । प्रतिबन्धपछि मुम्बईमा पुनरागमन गरेका कम्पतान हार्दिक पाण्ड्याले ४ ओभर बलिङ गर्दै २९ रन खर्चिदा २ विकेट लिए । 

सत्यनारायना राजुको पोल्टामा पनि दुई विकेट पर्‍यो । ट्रेन्ट बोल्ट, दीपक चहर र मुजिब उर रहमानले एक–एक विकेट लिए । यो गुजरातका लागि पहिलो जित हो । मुम्बईको पनि पहिलो जित हासिल गर्ने योजा थियो, जुन विफल भएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप