सुरु भयो ढोरपाटनमा सिकार याम

ढोरपाटन । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा यो वर्षको दोस्रो सिकार याम सुरु भएको छ । दोस्रो याममा १३ नाउर, १० झारल र १२ बँदेल गरी ३५ वन्यजन्तुको सिकार हुने भएको हो । वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले गत माघ १५ गते सिकार गर्नका लागि बोलपत्र आह्वान गरेको थियो ।
दोस्रो याममा सिकार खेल्न हिमालयन वाइल्डलाइफ आउटफिर्टस प्रालि, ट्रयाक्स एण्ड ट्रेल्स प्रालि, हिमालयन सफारिज प्रालि, ग्लोबल सफारिज नेपाल, नेपाल ट्राभल एक्सपिडिसन र ओपन नेपाल वाइल्डलाइफ सफारिज गरी छवटा कम्पनीले अनुमति पाएका छन् । वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागबाट अनुमति पाएका सिकारी ढोरपाटन सिकार आरक्षको विभिन्न ब्लकमा सिकार खेल्न आउन थालेका छन् ।
यही चैत २६ देखि सिकारी ढोरपाटन आउन थालेको ढोरपाटन सिकार आरक्ष कार्यालयका रेन्जर सागर सुवेदीले जानकारी दिए । दोस्रो याम (फागुन–वैशाख)का लागि आगामी वैशाख १६ गतेसम्म सिकारीले सिकार खेल्न पाउने उनको भनाइ छ । अहिलेसम्म दुईवटा नाउर मात्र सिकार भएको सुवेदीले बताए । उनका अनुसार हिमालयन वाइल्डलाइफ आउटफिर्टसले सिकारीमार्फत दुई नाउर, दुई नाउर दुई बँदेल सिकार गर्न अनुमतिपत्र पाएको छ ।
यो कम्पनीले एउटा नाउर सिकार गरिसकेको सुवेदीले जानकारी दिए । नाउरको सिकार सुनदह ब्लकमा स्पेनका ७० वर्षीय मार्कोस ओलाइजोला अल्कोर्टाले गरेको उनको भनाइ छ ।
त्यसैगरी, ट्रयाक्स एण्ड ट्रेल्स प्रालिमार्फत अमेरिकन सिकारीले दुई नाउर, दुई झारल र दुई बँदेल सिकार गर्ने अनुमति पाएका थिए । सुवेदीका अनुसार हिमालयन सफारिज प्रालिमार्फत तीन सिकारीले तीन नाउर, एक झारलका लागि अनमति पाएका छन् । ग्लोबल सफारिज नेपाल प्रालिमार्फत दुई सिकारीले दुई नाउर, एक झारल र दुई बँदेलको सिकार गर्ने अनुमति पाएका छन् ।
यस कम्पनीले हालसम्म एउटा नाउर फागुने ब्लकमा सिकार गरेको उनले जानकारी दिए । नेपाल ट्राभल एक्सपिडिसन प्रालिमार्फत तीन सिकारीले तीन नाउर, तीन झरल र तीन बँदेल सिकार गर्ने अनुमति पाएका छन् । यो कम्पनीबाट आएका सिकारीले हतियारमा समस्या आएपछि सिकार नगरी फर्किएको रेन्जर सुवेदी बताउँछन् ।
ओपन नेपाल वाइल्डलाइफ सफारी एण्ड ट्रेक्स प्रालिमार्फत तीन सिकारीले एक नाउर, दुई झारल र तीन बँदेलको सिकार गर्न अनुमति पाएका छन् । यो सिकार याममा अमेरिका, अर्जेन्टिना, स्पेन, फ्रान्सबाट सिकारी आएको सुवेदीले जानकारी दिए । उनका अनुसार एउटा झारलको आठ लाख, नाउराको छ लाख २५ हजार पाँच सय तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शोक प्रस्ताव पारित गर्दै संसद् बैठक सकियो
-
सात जिल्लामा आगलागी, लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट
-
क्वालालम्पुर नजिक ग्यासको पाइप पड्किँदा भीषण आगो लाग्यो
-
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
-
यौन उत्पीडनको आरोप लागेका पूर्व कोरियाली सांसद मृत भेटिए
-
बोल्सोनारोको कार्यकालमा ब्राजिलले गरेको थियो पाराग्वे सरकारको जासुसी ?