नेपाली सेनाले तेस्रो गोरखा–जितगढी एकीकरण पदयात्रा गर्दै

गोरखा । नेपाली सेनाले ‘दोस्रो ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदयात्रा’ सुरु गर्दैछ । स्थानीय तहको समन्वयमा यही चैत्र २७ गतेदेखि पदयात्रा सुरु गर्न लागिएको रिपुमर्दन गणले जनाएको छ ।
गोरखाबाट सुरु हुने पदयात्रा तनहुँ, पाल्पा हुँदै जितगढी पुगेर समापन हुने गणपति अशोककुमार क्षेत्रीले जानकारी दिए । उनका अनुसार यात्रामा पृथ्वीनारायण शाहले तत्कालीन समयमा खडा गरेका पाँच पल्टन (पुरानो गोरख, कालिबक्स, बर्दवाणी, सवुज र श्रीनाथ) र जितगढीको लडाइमा भाग लिएका गुरुबक्स पल्टनका टोली सहभागी हुनेछन् । सहभागीहरूले आ(आफ्नो पल्टनको झण्डासहित यात्रामा निस्कने उनले जानकारी दिए ।
गोरखाको टोली पालुङटारको सतिघाट पुगेर तनहुँलाई उज्यालोको प्रतिकस्वरुप टर्च हस्तान्तरण गर्ने र तनहुँले पाल्पालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको उनले बताए । ‘पाल्पाले रुपन्देहीलाई बुझाउँछ र रुपन्देहीको टोली जितगढीमा पुगेर विजय उत्सवमा सहभागी हुन्छ’, गणपति क्षेत्रीले भने ।
उनका अनुसार नेपाल र तत्कालीन ब्रिटिस इस्ट इण्डिया कम्पनीबीच भएको लडाइमा विजय प्राप्त गरेको दिन (वैशाख ७ गते) लाई विजय उत्सवको रूपमा मनाउँदै आइएको छ । सोही उत्सवमा सहभागी हुने गरी पदयात्रा सुरु गर्न लागिएको उनले उल्लेख गरे ।
नेपाल–अङ्ग्रेज युद्धको क्रममा रुपन्देहीस्थित जितगढी किल्लामा भएको लडाइमा विजय प्राप्त गरेको दिनलाई वर्तमान समयमा स्मरणीय बनाउन बुटवल उपमहानरपालिकाले हरेक वर्ष वैशाख ७ गते विजय उत्सव दिवसका रूपमा मनाउँदै आएको नगर कार्यालयले जनाएको छ । सोही ऐतिहासिक कार्यलाई थप महत्त्वका साथ मनाउन गोरखा–जितगढी पदयात्रा सञ्चालन गरिएको हो ।
यात्राले गढी, किल्ला, दरबार तथा एकीकरणको क्रममा प्रयोग भएका मार्गहरू पहिचान गरी, संरक्षण, सम्वर्द्धन र विकास गर्न सघाउ पुग्ने विश्वास लिइएको छ । सेनाले विसं २०७९ देखि गोरखा दरबार–जितगढी एकीकरण मार्गमा पदयात्रा सुरु गरेको थियो ।
जितगढी किल्लामा विसं १८७२ वैशाख ७ गते नेपालसँग हारेपछि अङ्ग्रेज सेना फिर्ता भएका इतिहासका जानकार बताउँछन् । नेपाली सेनाले विजय प्राप्त गरेको सम्झनामा प्रत्येक वर्ष जितगढीमा वैशाख ७ गते विजय उत्सव दिवसका रूपमा मनाइँदै आइएको रिपुमर्दन गणले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
-
यौन उत्पीडनको आरोप लागेका पूर्व कोरियाली सांसद मृत भेटिए
-
बोल्सोनारोको कार्यकालमा ब्राजिलले गरेको थियो पाराग्वे सरकारको जासुसी ?
-
लाइभ कन्सर्ट टिकटको कालोबजारी रोक्न ट्रम्पले गरे कार्यकारी आदेशमा हस्ताक्षर
-
एउटा ऐतिहासिक क्रिकेट ट्रफीको अन्त्य
-
२१औँ शताब्दीको अनुशासन : आत्मचेतना र सामाजिक प्रतिबद्धताको सन्तुलन