बुधबार, २७ चैत २०८१
ताजा लोकप्रिय
समाचार

पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्रको सेट परिवर्तन

शनिबार, १६ चैत २०८१, २२ : ०७
शनिबार, १६ चैत २०८१

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी बलको सेट परिवर्तन गरिएको छ । डीएसपी जगदिश हमाल नेतृत्वको सुरक्षा टिमलाई फिर्ता बोलाएर नयाँ टोली खटाइएको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए । 

उनले भने, ‘पहिलेको टिमको अवधि पनि पुगेको रहेछ, त्यसैले नयाँ टोली खटाइएको छ ।’ सशस्त्रले डीएसपी प्रमोद पाठकको नेतृत्वमा नयाँ टिम खटाएको छ ।

भीभीआईपी सुरक्षा कार्यविधि अनुसार पूर्वराजाले सशस्त्र प्रहरी बलको पछुवा गाडीसहित  १५ जना र नेपाल प्रहरीका दुई जना सुरक्षाकर्मी पाउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप