बुधबार, २० चैत २०८१
ताजा लोकप्रिय
म्यानमार भूकम्प

म्यानमारमा गएको भूकम्पमा १५ जना गैरआवासीय नेपालीको मृत्यु

शनिबार, १६ चैत २०८१, २१ : ५३
शनिबार, १६ चैत २०८१

काठमाडौँ । म्यानमारमा गएको विनाशकारी भूकम्पमा परेर १५ जना गैरआवासीय नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष बद्री केसीले १५ जना गैरआवासीय नेपालीको मृत्यु भएको बताएका छन् । 

‘विनाशकारी भूकम्पमा १५ जना गैरआवासीय नेपाली सहित म्यानमारका जनताको मृत्यु भएकोमा हामी अत्यन्तै दुःखी छौँ’, उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् ।  गैरआवासीय नेपालीहरूको राहतका लागि संघको तर्फबाट एनसीसी म्यानमार मार्फत १० लाख रुपैयाँ सहयोगको घोषणा पनि उनले गरेका छन् । 

‘हामी विश्वभरका सबै एनसीसीहरूलाई विनियोजन गरिएको कोषमा थप्न  रकम सङ्कलन कार्यक्रम सुरु गर्न अनुरोध गर्दछौं’, उनले भनेका छन्, ‘हामी साँच्चै विश्वभरका नेपालीद्वारा नेपालीको लागि योगदान गर्न चाहन्छौँ।’ 

म्यानमारको सैन्य परिषद्ले शुक्रबारको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १६४४ पुगेको जनाएको छ । सेनाले भूकम्पबाट घाइते हुनेको संख्या बढेर ३४०८ पुगेको र १३९ जना अझै बेपत्ता रहेको बताएको छ ।

भूकम्पको तीव्रता ७ दशमलव ७ थियो । यस भूकम्पको धक्का छिमेकी देश थाइल्यान्डको राजधानी बैंककसम्म महसुस गरिएको थियो । थाइल्याण्डमा समेत भूकम्पका कारण ६ जनाको मृत्यु भएको छ भने १०० जना कामदार बेपत्ता छन् ।

myanmar-nepali-death
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप