मङ्गलबार, १९ चैत २०८१
ताजा लोकप्रिय

गुजरातद्वारा मुम्बईसामु जितका लागि १ सय ९७ रनको लक्ष्य प्रस्तुत

शनिबार, १६ चैत २०८१, २१ : ४३
शनिबार, १६ चैत २०८१

अहमदाबाद । इन्डियन प्रिमियर लिग (आईपीएल) को नवौँ खेलमा गुजरात टाइटन्सले मुम्बई इन्डियन्ससामु जितका लागि १ सय ९७ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको गुजारतले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ९६ रन बनाएको हो ।

गुजरातका लागि ओपनर साइ सुदर्शनले अर्धशतक बनाए । उनले ४१ बलमा ६३ रन जोड्ने क्रममा ४ चौका र २ छक्का प्रहार गरे । उनले कप्तान शुभमन गिलसँग मिलेर टोलीलाई शानदार सुरुवात दिएका थिए ।

गिलले २७ बलमा ३८ रनको योगदान दिए । उनले ४ चौका र १ छक्का हिर्काए । जोस बट्लरले २४ बलमा ३९ रन बनाए । उनले ५ चौका र १ छक्का हिर्काए । त्यस्तै सेरफान रदरफोर्डले १८ रन जोडे ।

प्रतिबन्धपछि मुम्बईका लागि पुनरागमन गरेका कप्तान हार्दिक पाण्ड्याले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । सत्यनारायना राजुले पनि दुई विकेट लिए । ट्रेन्ट बोल्ट, दीपक चहर र मुजिब उर रहमानले १–१ विकेट हात पारे । दुवै टोली आज पहिलो जितको खोजीमा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप