म्यानमार भूकम्पमा परी मृत्यु हुनेको संख्या १६ सय नाघ्यो

म्यानमार । म्यानमारको सैन्य परिषद्ले शुक्रबारको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १६४४ पुगेको जनाएको छ । सेनाले भूकम्पबाट घाइते हुनेको संख्या बढेर ३४०८ पुगेको र १३९ जना अझै बेपत्ता रहेको बताएको छ ।
यसअघि म्यानमारको सैन्य शासन प्रमुख मिन आङ ह्लाइङले मृतक र घाइतेको संख्या अझै बढ्नसक्ने बताएका थिए । भूकम्पको केन्द्रबिन्दु नजिकै रहेको शहर मान्डलेमा ६९४ भन्दा बढीको मृत्यु भएको छ । जबकि राजधानी नेपिडामा ९४ जनाको मृत्यु भएको छ।
म्यानमारमा शुक्रबार शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पको तीव्रता ७ दशमलब ७ थियो । यस भूकम्पको धक्का छिमेकी देश थाइल्याण्डको राजधानी बैंककसम्म महसुस गरिएको थियो । थाइल्याण्डमा भूकम्पका कारण ६ जनाको मृत्यु भएको छ भने १०० जना कामदार बेपत्ता छन् ।
सयौँ माइल टाढा रहेको थाइल्याण्डको राजधानी बैंककमा निर्माणाधीन ३० तले भवन भूकम्पका कारण भत्किएको थियो । त्यहाँ धेरै कामदार अझै पनि फसेको आशंका गरिएको छ।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार म्यानमारमा पहिलो भूकम्प गएको १२ मिनेटपछि दोस्रो भूकम्प गएको थियो । दोस्रो भूकम्पको तीव्रता ६ दशमलब ४ थियो । यस भूकम्पको केन्द्रबिन्दु सागाइङबाट १८ किलोमिटर दक्षिणमा थियो ।
म्यानमारको धेरै भागमा आपत्काल घोषणा गरिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार मृत्यु हुनेको संख्या हजारौँमा हुनसक्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘छोरीले साहित्यिक कृति पढ्नुलाई ठुलै पापजस्तो ठानिन्थ्यो’
-
सुरक्षा
-
राष्ट्रिय फोटो पत्रकारिता दिवसका अवसरमा पुराना तस्बिर प्रदर्शनी
-
एनएसएल उपाधिका लागि ललितपुर एफसी र पोखरा थण्डर्सबिच प्रतिस्पर्धा
-
सरकारले काम नगरेपछि व्यवस्थाप्रति गुनासो बढेको हो - पूर्वमन्त्री ज्वाला
-
भारतीय दूतावासमा पहलगाम आक्रमणमा ज्यान गुमाएकाहरूको सम्झनामा श्रद्धाञ्जली सभा