रामनवमीका दिन मासु पसल बन्द गर्ने उत्तरप्रदेश सरकारको निर्णय

भारत । उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ सरकारले रामनवमीको दिन अप्रिल ६ मा राज्यमा पशु वध र मासु बिक्रीमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको छ । साथै, धार्मिकस्थल नजिक मासु बेच्न नपाइने भएको छ ।
सरकारले धार्मिकस्थलको ५०० मिटरभित्र मासु पसल बन्द गर्न निर्देशन दिएको छ । अनाधिकृत वधशालालाई पनि कडा कारबाही गरिने भएको छ ।
सहरी विकास विभागका प्रमुख सचिव अमृत अभिजातले सबै जिल्ला मजिस्ट्रेट, प्रहरी आयुक्त र नगरपालिका आयुक्तहरूलाई तत्काल वधशाला बन्द गर्न र धार्मिकस्थल नजिक मासु बिक्रीमा प्रतिबन्ध लगाउन निर्देशन दिएका हुन्।
२०१४ र २०१७ मा जारी आदेशहरू उद्धृत गर्दै योगी सरकारले धार्मिकस्थलहरू नजिकै अवैध रूपमा पशु हत्या र मासु बिक्री पूर्ण रूपमा प्रतिबन्धित गरिने स्पष्ट पारेको हो । यो निर्णयलाई प्रभावकारी बनाउन जिल्ला अधिकारीको अध्यक्षतामा जिल्लास्तरीय समिति गठन गरिएको छ ।
यसमा प्रहरी, प्रदूषण नियन्त्रण बोर्ड, पशुपालन विभाग, यातायात विभाग, श्रम विभाग, स्वास्थ्य विभाग र खाद्य सुरक्षा प्रशासनका अधिकारीहरू सामेल हुनेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्को चालु अधिवेशनको अन्तिम बैठक आज बस्दै, यस्तो छ कार्यसूची
-
आजदेखि विमानस्थल सञ्चालन १८ घण्टा, मध्यपूर्वका एयरलाइन्सलाई क्यानको ‘सबक’
-
नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा कालोपत्र
-
बागमती सरकारले नीति आयोग कार्य सञ्चालन गर्न कानुन बनाउने
-
गण्डकी प्रदेशसभामा घरेलु मदिरामाथि छलफल
-
अन्नपूर्ण आधार शिविरमा पुग्न थाले आरोही