बुधबार, २० चैत २०८१
ताजा लोकप्रिय

पोखरामा केपी ओली कप क्रिकेट हुने, विजेतालाई १० लाख

शनिबार, १६ चैत २०८१, २१ : १५
शनिबार, १६ चैत २०८१

पोखरा । पोखरामा केपी ओली कप क्रिकेट प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीले २३ चैतदेखि ३० गतेसम्म दोस्रो संस्करणको टी–२० राष्ट्रिय खुला पुरुष क्रिकेट आयोजना गर्न लागेको हो ।

प्रतियोगितामा १६ टिम सहभागी हुने एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए । ‘हामीलाई टिमको प्रेसर २८/२९ कै भइसकेको छ । तर, १६ टिममा प्रतिस्पर्धा गराउँछौँ,’ उनले भने ।

तयारीका क्रममा ८ वा १२ टिमबिच प्रतिस्पर्धा गराउने योजना बनाइएकोमा चाप बढेपछि १६ टिम पुर्‍याइएको आचार्यले सुनाए । प्रतियोगिताको पहिलो संस्करणमा प्रदेश तथा विभागीय सहित १२ टिमले सहभागिता जनाएका थिए ।

पहिलो संस्करण मधेस प्रदेशले जितेको थियो । यो वर्ष पुरस्कारको राशि पनि बढाइएको छ । गत वर्ष विजेतालाई ५ लाख र उपविजेतालाई साढे २ लाख दिइएकोमा यो वर्ष बढाएर विजेतालाई १० लाख र उपविजेतालाई ५ लाख पुरस्कार दिइने छ ।

म्यान अफ दि सिरिजले ३० हजार, वेष्ट बलर, वेस्ट व्याटरले १०/१० हजार र म्यान अफ दि म्याचले ५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । खेल लिग कम नक आउटका आधारमा खेलाइने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप