पौडी खेल्दा डुबेर दुई युवकको मृत्यु
शनिबार, १६ चैत २०८१, २० : ५८

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका झिमरुक नदी र छिर्लिङ्ग खोलाको दोभानको रहमा पौडी खेल्दा डुबेर दुई युवकको मृत्यु भएको छ ।
भुमिकास्थान–१० धनचौर पुयापाटाका १९ वर्षीय दिलिप नेपाली र सोही स्थानका १७ वर्षीय अशोक नेपालीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरिक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए । उनकाअनुसार घटनाको थप अनुसन्धान भइरहेको छ ।