काठमाडौँ । एनसेल नेपाल सुपर लिग (एनएसएल) आज देखि सुरु भएको छ । आजको पहिलो खेलमा साबिक विजेता ललितपुर सिटी एफसी र काठमाडौँ रेजर्स आमनेसामने भएका थिए ।
पहिलो खेल २–२ गोलको बराबरीमा टुंगिएको छ । खेलमा ललितपुरले आत्मघाती गोलको मद्दतले अग्रता लिएको थियो । कमल श्रेष्ठले छैटौँ मिनेटमा नै आत्मघाती गोल गरेका थिए । १४ औँ मिनेटमा आदित्य शाक्यले टोलीको अग्रता दोब्बर बनाए ।
दोस्रो हाफमा भने काठमाडौँ खेलमा फर्कियो । ७५ औँ मिनेटमा अमाडु डियोपले टोलीका लागि एक गोल फर्काए । ललितपुर जिततर्फ अघि बढिरहेको बेलामा ९४ औँ मिनेटमा भिन्सेन्ट कोजिलोले काठमाडौँका लागि बराबरी गोल फर्काउँदै साबिक विजेतालाई स्तब्ध बनाए ।
यसअघि, प्रियंका र दुर्गेस थापाको प्रस्तुतिसँगै प्रतियोगिताको उद्घाटन गरिएको थियो ।
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया