मङ्गलबार, १९ चैत २०८१
ताजा लोकप्रिय

कैलालीमा भारतीय दर्शनार्थी चढेको ट्याक्टर दुर्घटना, एक बालकको मृत्यु

शनिबार, १६ चैत २०८१, २० : ३९
शनिबार, १६ चैत २०८१

धनगढी । कैलालीको कैलारी गाउँपालिका–५ मनिकापुरमा रहेको बेहडाबाबा मन्दिरको दर्शन गरेर फर्किरहेका भारतीय दर्शनार्थी सवार ट्याक्टर शनिबार दिउँसो दुर्घटनाग्रस्त भएको छ । 

दुर्घटनामा भारतको लखिमपुर खिरीका ११ वर्षीय बालक आयुश बर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिएका छन् ।

घाइते अवस्थामा सेती प्रादेशिक अस्पताल पुर्‍याइएका बालकलाई चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा २७ जना घाइते भएका छन्, जसमध्ये १२ जनाको उपचार सेती प्रादेशिक अस्पतालमा र १५ जनाको उपचार धनगढीको निसर्ग अस्पतालमा भइरहेको छ । 

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर, १२ जनाको मध्यम र १२ जनाको समान्य रहेको बताइएको छ । हालसम्म ट्याक्टर दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप