तीनकुनेमा भएको घटनाको सबै जिम्मा पूर्वराजाले लिनुपर्छ : कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले शुक्रबार काठमाडौँको तीनकुनेमा भएको राजवादीको घटनाको पूर्ण जिम्मा पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निष्कर्ष निकालेको छ ।
सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले यस्तो निर्णय निकालेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । 'राजावादीको नाममा भएको गतिविधिको समीक्षा भयो र गृहमन्त्रीज्यूले घटना विवरण प्रस्तुत गरेपछि हिजो भएको घटनामा सबै कब्जा गर्ने उहाँहरूको लक्ष्य देखियो, त्यसको सबै जिम्मेवारी उहाँले (पूर्वराजा) लिनुपर्छ,' बैठकपछि पत्रकारहरूसँग महतले भने ।
भिड अराजक देखिएको र घटनाप्रति आफूहरू गम्भीर भन्दै भर्त्सना गरेको पनि उनले बताए ।
उनले आन्दोलन शान्तिपूर्ण हुने भनिए पनि गलत मनासयका साथ अराजकता मच्चाउने कार्य भएको बताए । पूर्वराजाकै योजनामा आन्दोलन समिति बनाइएको कांग्रेसले दाबी गरेको छ । यस्तै कांग्रेसले वर्तमान संविधान पक्षधरको बैठक बोलाउने निष्कर्षसमेत निकालेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा