मुम्बई पुलिसका डीसीपीको कार दुर्घटनामा मृत्यु
शनिबार, १६ चैत २०८१, १९ : ३१

मुम्बई । मुम्बई पोर्ट जोनका पुलिस उपायुक्त (डीसीपी) सुधाकर पठारे र अर्का एक व्यक्तिको शनिबार दिउँसो तेलंगानाको नगरकुर्नूलमा सडक दुर्घटनामा मृत्यु भएको छ।
२०१० ब्याचका भारतीय प्रहरी सेवाका अधिकृत पठारे र अर्का मृतक टोयोटा इनोभामा यात्रा गर्दै थिए, उनीहरू चढेको गाडी बससँग ठोक्किएको समाचारहरूमा जनाइएको छ । पठारे मध्य क्यारियर प्रशिक्षण कार्यक्रममा भाग लिन हैदराबादमा थिए । उनी मन्दिर दर्शनका लागि श्रीशैलम (नंदयाल जिल्ला) जाँदै गर्दा दुर्घटना परेका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । दुर्घटनामा घाइते भएका उनलाई नजिकैको अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।
उक्त घटनाबारे मुम्बई पुलिसले पनि विज्ञप्ति निकालेर जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भियतनामबाट १ सय ८० बौद्ध धर्मावलम्बी चार्टर उडानमा लुम्बिनी आउँदै
-
कसको कारण रोकियो कर्णाली रङ्गशालाको एक प्रतिशत काम ?
-
नदी तथा खोलाले कटान गरेका क्षेत्रको संरक्षणमा बागमती प्रदेश
-
कर युद्ध : चीनले अमेरिकी सामानमा १२५% कर लगाएपछि ट्रम्पले के भने ?
-
६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट ३० मेगावाट मात्रै उत्पादन
-
इटालियन सिरी’एमा एसी मिलानको शानदार जित