राजावादी प्रदर्शन
तीनकुने घटनामा पक्राउ पर्नेको संख्या १११ जना पुग्यो
शनिबार, १६ चैत २०८१, १९ : २६

काठमाडौँ । राजधानीको तीनकुनेमा शुक्रबार भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा प्रहरीले हालसम्म १११ जनालाई पक्राउ गरेको छ । सोही दिन १०५ जना पक्राउ परेकामा शनिबार थप ६ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासमेत छन् । पक्राउ परेकाहरुमध्ये २५ जना काठमाडौँ प्रहरी परिसरको हिरासतमा छन् ।
यस्तै वृत्त बानेश्वरमा २५ जना, बृत्त गौशालामा ९ जना, प्रभाग कोटेश्वरमा ४६ जना, प्रभाग गंगबुमा ३ जना, बृत्त बालाजुमा १ जना र बृत्त सिंहदरबारमा २ जना रहेका छन् । उनीहरुमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्युजिल्यान्ड क्रिकेट टोलीका प्रमुख प्रशिक्षकले अप्रत्यासित रूपमा गरे पद त्यागको घोषणा
-
बुद्धिमानको प्रश्नः राणा र मिश्र ढुंगा हान्ने र आगो लगाउने मान्छे हुन् ?
-
मधेस प्रदेशमा अझै कुप्रथाले जरा गाडेको छ : प्रधानमन्त्री
-
गरिबीका अगाडि अरु अधिकारको कुनै अर्थ हुँदैन : प्रधानमन्त्री
-
मधेस प्रदेशसभामा प्रधानमन्त्रीको सम्बोधनः जनतालाई पवित्रभावका साथ सेवा दिएर लोकतन्त्रलाई बलियो बनाउनुपर्छ
-
राप्रपाको सभामा घुसपैठ भएको आरोपमा दुईजना नियन्त्रणमा