गायक शर्माको टिप्पणीः हिजोको गतिविधि हेर्दा त जनता नै फेर्नुपर्ने देखियो
शनिबार, १६ चैत २०८१, १८ : ५९

काठमाडौँ । द स्याडोज ब्यान्ड र 'स्वर'का गायक स्वप्निल शर्माले शुक्रबार राजावादीहरूले गरेको प्रदर्शनबारे सानो टिप्पणी गरेका छन् ।
शनिबार दिउँसो सामाजिक सञ्जालमा उनले छोटो एक लाइन लेखेका छन्, 'हिजोको गतिविधि हेर्दा त जनता नै फेर्नुपर्ने देखियो त ।' दिउँसो करिब ४ बजेतिर उनले उक्त स्टाटस राखेका हुन्, जहाँ अधिकांशले कमेन्ट गरेका छन् ।
शुक्रबार दिउँसो राजवादीहरूको प्रदर्शनका कारण दुई जनाको अनाहकमा मृत्यु भएको थियो भने करोडौँको सम्पत्तिको क्षति भएको थियो । साथै कैयौँ घाइते भएका थिए। हिंसात्मक बनेको उक्त प्रदर्शनपछि धेरैले राजावादीहरूको यस्तो कार्यको खुलेर आलोचना गर्न थालेका छन्। यसै क्रममा गायक शर्माले पनि व्यंग्यात्मक टिप्पणी गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बस्तीबाट बेहोस पारेर नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जमा छाडिने
-
आईपीएल क्रिकेटमा मुम्बईको पहिलो जित, पुछारमा धकेलियो कोलकाता
-
प्रभावकारी बन्दै सुरक्षित आप्रवासन कार्यक्रम
-
१२ बजे, १२ समाचार : संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयदेखि दुर्गा प्रसाईं निकट देवी संग्रौला पक्राउसम्म
-
एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीलाई १ लाख डलर सहयोग गर्ने सरकारको निर्णय
-
म्यानमारका भूकम्प पीडितलाई सहयोग गर्ने सरकारको निर्णय, नेपाली सेना पनि पठाउने