मङ्गलबार, २६ चैत २०८१
ताजा लोकप्रिय
राप्रपा बैठक

तीनकुने घटनाको छानबिनका लागि आयोग गठन गर्न राप्रपाको माग

शनिबार, १६ चैत २०८१, १८ : ३९
शनिबार, १६ चैत २०८१

काठमाडौँ । राप्रपाले शुक्रबार तीनकुनेमा राजावादीले गरेको प्रदर्शनका क्रममा भड्किएको हिंसाबारे छानबिन गर्न छुट्टाछुट्टै तीन आयोग गठन गर्न माग गरेको छ ।

शनिबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन बैठकपछि अध्यक्ष राजेन्द्र लिङदेनले हिजोको सम्पूर्ण घटनाको जिम्मेवार सरकार रहेको दाबी गरे । सो घटनाबारे नागरिक छानबिन आयोग गठन गर्न, मानवअधिकारवादीलाई पनि छानबिन आयोग बनाउन र  सरकारले पनि न्यायिक आयोग गठन गर्नुपर्ने बैठकले माग गरेको बताए । 

शान्तिपूर्ण प्रदर्शनमा सहभागी रवीन्द्र मिश्र र धवलशमशेर राणालाई  पक्राउ गरेर फसाउने काम भएको उनले दाबी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप