थाइल्याण्ड र म्यान्माका भूकम्प पीडितका लागि सहायता र आश्वासन आउने क्रम जारी
_lAbkADhyad.jpg)
बैङ्कक । युद्धग्रस्त म्यान्मा र छिमेकी मुलुक थाइल्याण्डमा गएको शक्तिशाली भूकम्पमा परी एक हजारभन्दा बढीको मृत्यु हुनुका साथै व्यापक क्षति भएको छ ।
विश्व समुदायबाट भूकम्प प्रभावित क्षेत्रमा आर्थिक राहत तथा सहायता र भौतिक सहयोग आउने क्रम जारी छ । भूकम्पका कारण म्यान्मामा हजारौँ व्यक्ति मारिएको हुनसक्ने घटनास्थलमा पुगेका सहयोगी समूहहरूले जानकारी गराएका छन् ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले भूकम्पपछिको ‘ट्रमा इन्जुरी’ सामग्री तयार गर्न दुबईमा रहेको आफ्नो केन्द्रलाई परिचालन गरिरहेको र यसको आपतकालीन व्यवस्थापन प्रतिकार्यलाई गति दिएको जनाएको छ ।
प्रवक्ता मार्गरेट ह्यारिसले जेनेभास्थित मुख्यालयबाट भूकम्प प्रतिकार्यका लागि समन्वय गरिरहेको जानकारी दिँदै यसलाई ठूलो घटनाका रुपमा हेरिरहेको प्रतिक्रिया दिएका छन् ।
त्यसैगरी, बेइजिङको आपतकालीन व्यवस्थापन मन्त्रालयले शनिबार ८२ जनाको उद्दार टोली म्यान्मा पठाएको जनाएको छ । चीनको युनानबाट एउटा छुट्टै उद्दार टोली शनिबार म्यान्माको व्यापारिक केन्द्र याङ्गुन आइपुगेको सीसीटीभीले जनाएको छ ।
चीन सरकारले म्यान्मालाई आपतकालीन मानवीय सहायताका लागि १० करोड युआन (एक करोड ३८ लाख अमेरिकी डलर) पनि उपलब्ध गराउने घोषणा गरेको छ ।
म्यान्मामा शनिबार एक भारतीय सहायता विमान अवतरण गरेको छ । भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशङ्करले सी–१३० सैन्य परिवहन विमानलाई हाइजिन किट, कम्बल, खाद्य पार्सल र अन्य आवश्यक सामग्रीहरू लिएर पठाइएको जानकारी दिए ।
उनले भनेका छन्– ‘सहयोग लिएर गएको उडानमा खोजी तथा उद्दार टोली र मेडिकल टोली पनि रहेका छन् ।’
त्यसैगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले म्यान्मा भूकम्पपछि त्यहाँको प्रभावित क्षेत्रका वासिन्दालाई सहयोग गर्ने बताएका छन् । ट्रम्पले सञ्चारकर्मीसँग कुरा गर्दै, ‘यो भयानक र वास्तविक विनाशकारी विपत्ति भएकाले प्रभावित मुलुकसँग कुरा भईरहेको र आफूहरु मद्दत गर्न तयार रहेको बताए ।
दक्षिण कोरियाको विदेश मन्त्रालयले भूकम्पपछि ‘तत्काल उद्दार र राहत कार्यमा सहयोग गर्न’ २० लाख अमेरिकी डलर मानवीय सहायता पठाउने जनाएको छ ।
‘कोरियाली सरकारले आफ्नो सहयोगले प्रभावित क्षेत्रमा जीवन बचाउन र दुःख कम गर्न मद्दत गर्ने आशा गरेको छ,’ मन्त्रालयद्वारा जारी गरेको विज्ञप्तिमा भनिएको छ। सियोलले पनि स्थितिको मूल्याङ्कन र प्रभावित मुलुकसँग राय लिई थप सहयोग पठाउन सक्ने बताएको छ ।
त्यसैगरी, इरानको विदेश मन्त्रालयले शनिबार म्यान्मा र थाइल्याण्डका जनता र सरकारप्रति तेहरानको समवेदना पठाउँदै मानवीय प्रयासमा सहयोग गर्न तयार रहेको बताएको छ ।
‘विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बाकाइद्वारा हस्ताक्षरित विज्ञप्तिमा ंराहत र उद्धार प्रक्रियामा सहयोग गर्न इरान तयार रहेको घोषणा’ गरिएको छ ।
यसैगरी, मलेसियाको विदेश मन्त्रालयले म्यान्मामा पनि टोली पठाउने जनाएको छ ।मन्त्रालयका अनुसार एक जना कमाण्डरसहित ४९ जना तालिमप्राप्त उद्दारकर्मीले जारी मानवीय तथा विपद् राहत कार्यमा सहयोग पुर्याउने छन् ।
म्यान्मा र थाइल्याण्ड सदस्य रहेको दक्षिणपूर्वी एशियाली समूह आसियान दुवै देशलाई सहयोग गर्न तयार रहेको विदेशमन्त्री मोहम्मद हसनले बताएका छन् ।
इन्डोनेसियाका राष्ट्रपति प्राबोवो सुबियान्तोले म्यानमा र थाइल्याण्डप्रति समवेदना प्रकट गर्दै सहयोगको प्रस्ताव गरेका छन् ।
‘यस कठिन घडीमा हाम्रो विचार र प्रार्थना दुवै देशका जनताको साथमा छ’, उनले लेखेका छन्, ‘इन्डोनेसिया प्रभावित क्षेत्रमा उद्धार प्रयासका लागि आवश्यक सबै सहयोग गर्न तयार छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्युजिल्यान्ड क्रिकेट टोलीका प्रमुख प्रशिक्षकले अप्रत्यासित रूपमा गरे पद त्यागको घोषणा
-
बुद्धिमानको प्रश्नः राणा र मिश्र ढुंगा हान्ने र आगो लगाउने मान्छे हुन् ?
-
मधेस प्रदेशमा अझै कुप्रथाले जरा गाडेको छ : प्रधानमन्त्री
-
गरिबीका अगाडि अरु अधिकारको कुनै अर्थ हुँदैन : प्रधानमन्त्री
-
मधेस प्रदेशसभामा प्रधानमन्त्रीको सम्बोधनः जनतालाई पवित्रभावका साथ सेवा दिएर लोकतन्त्रलाई बलियो बनाउनुपर्छ
-
राप्रपाको सभामा घुसपैठ भएको आरोपमा दुईजना नियन्त्रणमा