मङ्गलबार, १९ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

निरंकुशतावादीलाई कडा कारबाही गर्ने सही समय आयो : अध्यक्ष प्रचण्ड

शनिबार, १६ चैत २०८१, १६ : ५४
शनिबार, १६ चैत २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निरंकुशतावादी र आपराधिक मनस्थितिका मान्छेलाई कडा कारबाही गर्ने सही समय आएको बताएका छन् । शनिवार काठमाडौँमा प्रेस सेन्टरको पाँचौँ महाधिवेशन उद्घाटन गर्दै प्रचण्डले गणतन्त्रवादीले निरंकुशतावादी र आपराधिक मनस्थितिका मान्छेहरूलाई कडा कारबाही गरेर आफू पनि सच्चिने र जनताको हितमा अघि बढ्ने सही समय आएको बताएका हुन् । 

सरकारले अहिलेको समयमा कडा कदम चाले आफूहरूको पनि समर्थन हुने उनले बताए । प्रचण्डले सरकारले सम्झौता गर्ने र भ्रष्ट तत्त्वलाई चलखेल गर्ने अवसर प्रदान गरे देशलाई फाइदा नपुग्ने धारणा राखे । उनले समाजवादी मोर्चाले पचासौँ हजारौँ जनता सडकमा नउतारेको भए अझै ठुलो दुर्घटना हुने खतरा देखिएको तर्क समेत गरे ।

निरङ्कुश राजतन्त्रका समयमा पनि सञ्चारमाध्यम उनीहरूको निशानामा परेको भन्दै प्रचण्डले अहिले पनि राजावादीहरूले सञ्चारमाध्यमलाई निशाना बनाएको धारणा राखे । गणतन्त्रवादको मर्मलाई आत्मसात् गर्दै भ्रष्टाचारीको संरचना र बिचौलियासँग साठगाँठ बन्द गरे गणतन्त्रवादीको एकता हुने उनको भनाइ छ । उनले सत्ता गठबन्धनले लाभका लागि सेटिङ गर्दै कर्मचारी नियुक्त गर्न के गरिरहेको छ भन्ने आफूलाई जानकारी भएको उल्लेख गरे । 

राष्ट्र बैङ्कको गभर्नर नियुक्ति गर्दा मुलुकको अर्थतन्त्र सुधार गर्ने गरी अघि बढ्न उनले सुझाव दिए । कार्यक्रममा प्रेस सेन्टरले विभिन्न पुरस्कारबाट पत्रकारहरूलाई सम्मान र पुरस्कृत गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप