ज्ञानेन्द्रलाई काट्यो काठमाडौँ महानगरपालिकाले ८ वटा पत्र

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई एकैपटक ८ वटा पत्र काटेको छ । पूर्वराजाको सहमतिमा शुक्रबार राजावादीले राजधानीको तीनकुने क्षेत्रमा प्रदर्शन गरेकामा फोहोरमैला गरेको लगायतका कारण देखाउँदै महानगरले जरिवाना र क्षतिपूर्ति माग गर्दै पत्र काटेको हो ।
शुक्रबारकै मितिमा काटेर शनिबार सार्वजनिक भएको पत्रको चलानी नम्बर ४५५ देखि ४६२ सम्म रहेका छन् । तीनकुनेमा आयोजना गरिएको सडकपेटीमा जथाभावी फोहोर गरेकाले १ लाख जरिवाना गरिएको छ । यस्तै महादेवस्थान क्षेत्रको सडक तथा सडक पेटीमा फोहोर १ लाख, महानगरको , दमकल फुटाएकामा १ लाख ३० हजार क्षतिपूर्ति, वातावरण प्रदूषण गरेकोमा १ लाख जरिवाना गराइएको छ ।
यस्तै जडीबुटी क्षेत्रको सडक तथा फुटपाथमा क्षति गरेकामा १ लाख, बालकुमारी क्षेत्रको सडक तथा फुटपाथमा क्षति गरेकोमा १ लाख, तीनकुनेमै बोटबिरुवा र रेलिङ क्षति गरेकोमा ६३ हजार र सिनामंगल क्षेत्रमा फोहोरमैला गरेकोमा थप १ लाख जरिवाना गरिएको महानगरपालिकाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्रिकेटमा मुम्बईको पहिलो जित, पुछारमा धकेलियो कोलकाता
-
प्रभावकारी बन्दै सुरक्षित आप्रवासन कार्यक्रम
-
१२ बजे, १२ समाचार : संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयदेखि दुर्गा प्रसाईं निकट देवी संग्रौला पक्राउसम्म
-
एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीलाई १ लाख डलर सहयोग गर्ने सरकारको निर्णय
-
म्यानमारका भूकम्प पीडितलाई सहयोग गर्ने सरकारको निर्णय, नेपाली सेना पनि पठाउने
-
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सागर श्रेष्ठ नियुक्त