बिहीबार, २८ चैत २०८१
ताजा लोकप्रिय

राष्ट्र बैङ्कको गभर्नर नियुक्तिमा तानातान भयो : अध्यक्ष प्रचण्ड

शनिबार, १६ चैत २०८१, १५ : ५०
शनिबार, १६ चैत २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र अप्ठेरो अवस्थामा परेको बेला राष्ट्र बैङ्कको गभर्नर नियुक्तिमा तानातान भएको बताएका छन् ।   ‘योग्य मान्छे ल्याउनुपर्नेमा सत्ता गठबन्धनभित्र तानातान चलिरहेको छ । को मेरो मान्छे, को तेरो मान्छे, कसलाई ल्याउँदा कति फाइदा हुन्छ, राष्ट्रलाई फाइदा होइन, आफूलाई भन्ने सोचियो भने त्यसले अर्थतन्त्र सुधार गर्न सहयोग गर्दैन,’ उनले भने ।

शनिवार प्रेस सेन्टर नेपालको महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले भने, ‘मैले भर्खरै प्रधानमन्त्री छोडेको हुँ, तपाईंहरूले कहाँ सेटिङ गर्दै हुनुहुन्छ त्यो मलाई थाहा छ । तपाईंहरू कहाँबाट लाभ लिन खोज्दै हुनुहुन्छ । मलाई सबै थाहा छ । त्यसो नगर्नुस् ।’ 

तर उनले यसलाई सुधार्नै नसकिने भन्ने नभएको र आँट गरेर एकताबद्ध गरेर बढ्यो भने सुधार्न सक्ने बताए ।   अहिले गणतन्त्रमाथि प्रहार भइराखेको पनि उनको भनाइ थियो। साथै उनले यस्तो अवस्था आउँछ भन्ने आफूले अनुमान गरेको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप