बिहीबार, २८ चैत २०८१
ताजा लोकप्रिय

गणतान्त्रिक शासन व्यवस्था कायम रहन्छः सभापति देउवा

शनिबार, १६ चैत २०८१, १५ : ३३
शनिबार, १६ चैत २०८१

लुम्बिनी । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतान्त्रिक शासन व्यवस्था कायम रहने बताएका छन् ।

लुम्बिनीमा आज आयोजित नेपाली लेखक सङ्घको आठौँ अधिवेशनको उद्घाटन समारोहमा उनले नेपाली जनता गणतन्त्रका सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा रहेकाले वर्तमान व्यवस्था कायम रहने बताए । 

सभापति देउवाले पूर्वराजाका नाममा भएका गतिविधिको निन्दा गर्दै संवैधानिक राजा बन्ने चाहना कहिल्यै प्रकट नगरेको स्पष्ट गरे । उनले देशमा गणतन्त्र स्थापित भइसकेकाले कसैले चाहदैमा यो व्यवस्था परिवर्तन नहुने भन्दै गणतन्त्रका पक्षमा हरेक नेपाली एकजुट हुनुपर्नेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप