कांग्रेस नेता सिटौलाले मागे शुक्रबारको हिंसात्मक घटनाबारे पूर्वराजाको धारणा

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले शुक्रबार भएको अराजकतावादी आन्दोलनमा पूर्वराजा ज्ञानेन्द्र शाहको धारणा मागेका छन् ।
शनिबार बीपी चिन्तन प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै सिटौलाले शुक्रबारको घटनाबारे पूर्वराजाको धारणा माग गरेका हुन् ।
‘हिजो काठमाडौंको कोटेश्वर आसपासमा राजावादीहरुले जे हिंसात्मक र दुःखद घटना घटाए त्यसप्रति मेरो खेद व्यक्त गर्दै सिटौलाले घटना पूर्वराजा ज्ञानेन्द्रको उक्साहटमा घटेको हो वा होइन रु हो भने जिम्मेवारी लिनु पर्छ, होइन भने त्यसको जवाफ दिनु पर्छ, सिटौलाले भने ।
सिटौलाले पूर्वराजालाई सरकारले दिएको सम्मान र सुरक्षाको उनले ख्याल गर्नुपर्ने समेत बताए। उनले भने, पूर्वराजा ज्ञानेन्द्र पोखराबाट फर्कँदै गर्दा, एयरपोर्टबाट गौशाला हुँदै निर्मलनिवास जाँदै गर्दा जुनजुन कुराहरु उठान भएका छन्, त्यसको उपज हिजोको घटना हो भन्ने बुझिन्छ, उनको निवासमा प्रदर्शनको संचालन र तयारीबारे केही बैठक र छलफल भएका कुरा पनि बाहिर आएकोबारे पनि अनभिज्ञ नरहेको बताए ।
उनले पूर्वराजा ज्ञानेन्द्रलाई राजा हुँदा जस्तै व्यवहार नदेखाउन आग्रहसमेत गरे । राजा हुँदा पनि जनता माथि आतंक, अन्तिम राजा भएका बेलामा पनि जनतामाथि आतंक रु भन्दै प्रश्न गरेका थिए ।
उनले राजाहरूको पटक पटकको लोकतन्त्रमाथिको अतिक्रमणपछि गणतन्त्र आएको बताउँदै सिटौलाले गणतन्त्र न उल्टिने पनि बताए । गणतन्त्र अहिलेको महान उपलब्धि हो, राजाहरूको पटक पटकको लोकतन्त्रमाथिको अतिक्रमण पछि गणतन्त्र आएको हो, लोकतन्त्र, गणतन्त्र, समानुपातिक समावेशी र संघीयता आजको महान उपलब्धि हो, यी अब उल्टिदैनन् ।
उनले संविधान संसोधनका कुरा उठिरहेको भन्दै संविधान संशोधन हुनै नसक्ने जड वस्तु नभएको बताए । पहिले संविधान कार्यान्वयन र राज्य संचालनको समिक्षा गरिनु पर्ने भन्दै सिटौलाले जनता र राष्ट्रको हितमा संविधान संशोधन गर्दै राज्य संचालनमा पनि सुधार गर्न राजनीतिक दलहरु एक भएर अघि बढ्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्रलाई जनताले भरोसा गरेका छन् : प्रचण्ड
-
तस्कर गिरोहबीचको विवादले चलेको थियो सुनसरीमा गोली
-
कौरा नृत्यमा छमछमी नाचे विदेशी पर्यटक
-
सुनसरीमा गोली चल्यो
-
मदन भण्डारीको सपना पूरा गर्ने अठोट फेरि एकपटक दोहोर्याउनु पर्ने बेला भयो : विद्या भण्डारी
-
पोखराको तालबाराहीमा सन्ध्याकालीन आरती (तस्बिरहरु)