आइतबार, ३१ चैत २०८१
ताजा लोकप्रिय

राजावादीको हिंसात्मक प्रदर्शनः रोयल टास्क फोर्सका राजभण्डारी पक्राउ

शनिबार, १६ चैत २०८१, १४ : ४९
शनिबार, १६ चैत २०८१

काठमाडौँ । शुक्रबार भएको राजावादीहरुको प्रदर्शनलाई हिसांत्मक बनाउन भूमिका खेलेको आरोपमा मुनिन्द्र राजभण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । राजभण्डारी रोयल टास्क फोर्सका कमाण्डर हुन् ।

प्रहरी प्रधान कार्यालयको विशेष टोलीले उनलाई बालाजुबाट पक्राउ गरेको हो । उनी नेपाली सेनाका पूर्व क्याप्टेन पनि हुन् ।

घटनालाई हिंसात्मक बनाउन उक्साएको आरोप प्रहरीले राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, स्वागत नेपाल, सेफर्ड लिम्बु, सन्तोष तामाङ र आफूलाई धर्मगुरु बताउने पुष्कर खतिवडालाई पक्राउ गरिसकेको छ । आन्दोलनको कमाण्डरको जिम्मेवारी पाएका दुर्गा प्रसाईं भने फरार रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप