मतदान हुन नपाउँदै पाटन क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

काठमाडौं । पाटन संयुक्त क्याम्पसमा स्ववियु निर्वाचन विथोलिएको छ । आज बिहान ८ बजेदेखि मतदान हुने भनेर सूचना जारी गरिएको थियो । तर, दिउँसोसम्म मतदान सुरू नभएपछि मतदानको कार्यक्रम स्थगित भएको हो ।
आजका लागि स्ववियु निर्वाचनको मिति तोकिएको थियो । तर, हिजो राती नै नेविसंघ, अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनहरूले तालाबन्दी गरेका थिए । तालाबन्दीकाबीच मतदान गर्न विद्यार्थीहरू विहानैदेखि लाईनमा बसेपनि दिउँसोसम्म मतदान सुरू हुन नसकेपछि अनेरास्ववियुले कोणसभा गर्दै हार्ने डरले चुनावबाट भाग्न खोजेको आरोप लगाएको छ ।
यसअघि चैत ५ गते १०० भन्दा बढी विद्यार्थीले मतदान गरिसकेपछि मतदान प्रकृया स्थगित भएको थियो । स्थगित भएको मतदान आजका लागि तोकिएको थियो । तर, नेविसंघलगायतका विद्यार्थी संगठनहरूले सुरक्षाको कारण देखाउँद तालाबन्दी गरेका थिए ।
रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) मा समेत आजकै लागि तोकिएको निर्वाचन स्थगित भएको थियो । हिजो काठमाडौंमा भएको राजावादीहरूको प्रदर्शन हिंसात्मक बनेपछि आरआरको निर्वाचन स्थगित गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फोहरजन्य वस्तुबाट आम्दानी गर्दै व्यास नगरपालिका
-
गोबर र गहुँतबाट आम्दानी
-
जन्मदिनमा वाईसीएल इन्चार्ज दीपशिखाद्वारा ज्येष्ठ नागरिकलाई सहयोग
-
पाल्पामा एक महिला मृतावस्था फेला
-
प्रथम राष्ट्रिय सम्मेलनपूर्व क्रान्तिकारी युवा संगठनको र्याली
-
सवारीसाधन खरिदमा राष्ट्र बैंकको कडाइ, ‘हायर पर्चेज’को डाउन पेमेन्ट दोब्बर