बिहीबार, २८ चैत २०८१
ताजा लोकप्रिय
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट

भुर्तेलको अर्धशतकसँगै प्रधानमन्त्री कपको उपाधि पुलिसलाई

शनिबार, १६ चैत २०८१, १४ : १८
शनिबार, १६ चैत २०८१

सिद्धार्थनगर । नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई हराउँदै प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेटको उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा पुलिस ६ विकेटले विजयी बनेको हो ।

आर्मीले प्रस्तुत गरेको १ सय ५५ रनको लक्ष्य पुलिसले २५.२ ओभरमा मात्र ४ विकेटको क्षतिमा पछ्यायो । पुलिसको जितमा कुशल भुर्तेल नायक बने । उनले ७० बलमा ६१ रनको शानदार इनिङ्स खेले । यसक्रममा उनले ७ चौका र ३ छक्का हिर्काए ।

उनले ओपनर अमित श्रेष्ठसँग मिलेर पहिलो विकेटका लागि ७७ रनको साझेदारी गरे । श्रेष्ठले ३८ बलमा ३९ रन जोड्दै २ चौका र ३ छक्का प्रहार गरे । दिलीप नाथले ३१ रनको महत्त्वपूर्ण योगदान दिए । उनले २४ बलमा २ चौका र २ छक्का प्रहार  गरे ।

आर्मीका लागि सहाब आलमले १० ओभर बलिङ  गर्दै ५१ रन खर्चेर ३ विकेट लिए । नरेन साउदको नाममा १ विकेट रह्यो ।

यसअघि, बसिर अहमदको अर्धशतकीय इनिङ्सको मद्दतले आर्मीले ४३ ओभरमा सबै विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो । अहमदले १०४ बलमा ८६ रन बनाए । उनले ९ चौका र १ छक्का हिर्काए ।

486691306_1208954841232285_2058640407340570663_nकप्तान विनोद भण्डारीले ५८ बलमा २९ रनको योगदान दिए । विवेक यादवले ११ रन जोड्दा अन्य ब्याटर दोहारो अंकमा रन नजोडी पभेलियन फर्किएका थिए ।

आर्मीलाई सस्तोमा समेट्न करन केसीले ७ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । त्यस्तै, सागर ढकालले पनि ८ ओभरमा २९ रन खर्चेर ३ विकेट नै हात पारे । दीपेन्द्र सिंह ऐरीले २ विकेट तथा ललित राजवंशी र गुल्सन झाले १–१ विकेट लिए । 

486967172_1208971381230631_7260907771343433046_n

यसअघि, पुलिस र आर्मी लिग चरणमा मात्र एक–एक खेल हार्दै फाइनलसम्म पुगेको थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप