सोमबार, २५ चैत २०८१
ताजा लोकप्रिय

मनिषालाई रामकुमारीको जवाफ : ...यो सत्य हो !

शनिबार, १६ चैत २०८१, १४ : १३
शनिबार, १६ चैत २०८१

काठमाडौँ । अभिनेत्री मनिषा कोइराला व्यवस्था उल्टाउन लागि परेका राजावादीहरूको समर्थक हुन् । शुक्रबार पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरूको प्रदर्शनमा पनि अभिनेत्री कोइरालाले विज्ञप्तिमार्फत ऐक्यबद्धता जनाएकी थिइन् । 

तर, प्रदर्शन हिंसात्मक बन्दा २ जनाको मृत्यु भएको छ भने प्रदर्शनकारीहरूले आगजनी र तोडफोड गर्दा करोडौँ रुपैयाँ बराबरको जनधनको क्षति भएको छ । आन्दोलनपछि कोइरालाले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘जब अपराधीहरू देशका नेता बन्छन् !’

त्यसमा नेकपा एकीकृत समाजवादीकी नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले जवाफ फर्काएकी छन् । उनले कोराइलाको ट्वीटमा लेखेकी छन्, ‘जब अपराधीहरू देशको राजा बन्छन्...यो सत्य हो ।’

aa

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप