राजावादीको छाडातन्त्रलाई छुट दिन सकिँदैन : प्रचण्ड

काठमाडौँ । समाजवादी मोर्चाले राजावादीको क्रियाकलापको सशक्त ढंगले प्रति प्रतिवाद गर्ने जनाएको छ । शनिबार नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयको अवस्थाबारे जानकारी लिँदै समाजवादी मोर्चाका नेताहरूले राजावादीको क्रियाकलाप आपराधिक भएको भन्दै सशक्त ढंगले प्रति प्रतिवाद गर्ने जनाएको हो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीको छाडातन्त्रलाई छुट दिन नसकिने बताए । ज्ञानेन्द्र शाहको मानसिकता आपराधिक छ भन्ने पुनः पुष्टि भएको भन्दै उनले सरकारले कडा कदम चाल्नुपर्ने जिकिर गरे ।
सरकार र प्रहरीको राम्रो तयारी नदेखिएको र ठूलो जनधनको क्षति भएको उनको आरोप थियो । प्रचण्डले काठमाडौँमा विवेकहीन र आपराधिक घटना हुँदा सुरक्षा निकाय समयमै उपस्थित हुन नसक्ने अवस्थाको सरकारले गम्भीर रूपमा समीक्षा गर्नुपर्ने धारणा राखे ।
त्यस्तै नेकपाका महासचिव नेत्रबिक्रम चन्द विप्लवले राजावादीको क्रियाकलाप आपराधिक रहेकाले सशक्त ढंगले प्रतिवाद गर्ने बताए । राजावादी समर्थकहरूले शुक्रबार नेकपा एकीकृत समाजवादीको पार्टी तोडफोड गर्दै आगजनी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्रिकेटमा मुम्बईको पहिलो जित, पुछारमा धकेलियो कोलकाता
-
प्रभावकारी बन्दै सुरक्षित आप्रवासन कार्यक्रम
-
१२ बजे, १२ समाचार : संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयदेखि दुर्गा प्रसाईं निकट देवी संग्रौला पक्राउसम्म
-
एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीलाई १ लाख डलर सहयोग गर्ने सरकारको निर्णय
-
म्यानमारका भूकम्प पीडितलाई सहयोग गर्ने सरकारको निर्णय, नेपाली सेना पनि पठाउने
-
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सागर श्रेष्ठ नियुक्त