यी ७ राष्ट्र छनोट भए, ५६ राष्ट्रको सम्भावना ५० प्रतिशत

काठमाडौँ । फिफा पुरुष विश्वकपको २३औँ संस्करण तीनवटा राष्ट्रमा संयुक्त रुपमा आयोजना हुँदैछ । क्यानडा, मेक्सिको र अमेरिकाले संयुक्त रूपमा प्रतियोगिता आयोजना गर्दैछन् । प्रतियोगिता सन् २०२६ को जुन ११ देखि जुलाई १९ तारिखसम्म सञ्चालन हुनेछ ।
यसपटक प्रतियोगितामा ४८ टोलीको सहभागिता रहनेछ । उक्त विश्वकपका लागि अहिले विश्वभर छनोट प्रतियोगिताहरू भइरहेका छन् । हालसम्म उक्त विश्वकपमा छनोट हुने सातवटा टोलीको टुंगो लागेको छ । ४१ टोलीको टुंगो लाग्न बाँकी छ । त्यसका लागि एक सय ५७ राष्ट्र प्रतिस्पर्धामा छन् ।
आयोजक राष्ट्र अमेरिका, क्यानडा र मेक्सिको यसअघि नै विश्वकपमा छनोट भइसकेका छन् । यसका अतिरिक्त जापान, न्युजिल्यान्ड, इरान र साबिक विजेता अर्जेन्टिनाले पनि आगामी विश्वकपमा सहभागिता पक्का गरिसकेका छन् ।
१९ वटा राष्ट्र विश्वकप छनोटको नजिक पुगिसकेका छन् । औपचारिक रूपमा छनोट हुन बाँकी रहने पनि यी १९ राष्ट्रले आगामी विश्वकप खेल्ने सम्भावना बढी देखिन्छ । त्यसमा उरुग्वे, कोलम्बिया, ब्राजिल, इक्वेडर र पाराग्वे रहेका छन् ।
यसका अतिरिक्त, दक्षिण कोरिया, उज्बेकिस्तान, जोर्डन, इजिप्ट, मोरक्को, ट्युनिसिया, दक्षिण अफ्रिका, घाना, अल्जेरिया, स्पेन, फ्रान्स, इङ्ल्यान्ड, जर्मनी र पोर्चुगलले पनि सन् २०२६ को विश्वकप खेल्ने सम्भावना बढी छ । माथिका १९ राष्ट्रले विश्वकप खेल्ने सम्भावना ८० प्रतिशतभन्दा बढी छ ।
यसैगरी, आगामी विश्वकप खेल्ने सम्भावना ५० प्रतिशत बाँकी रहेको राष्ट्रको संख्या ५६ रहेको छ । यो सूचिमा भेनेजुएला, बोलिभिया, अस्ट्रेलिया, साउदी अरेबिया, इन्डोनेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), कतार, इराक, ओमान र सेनेगल रहेका छन् ।
कंगो, क्यामरुन, केप भर्डे, आइभरी कोस्ट, गाबन, सुडान, इटाली, बेल्जियम, क्रोएसिया, डेनमार्क, स्विट्जरल्यान्ड, अस्ट्रिया, स्विडेन, नेदरल्यान्ड्स, पोल्यान्ड, वेल्स, सर्बिया, स्कटल्यान्ड, स्लोभाकिया र उत्तरी आयरल्यान्डको पनि विश्वकपमा छनोट हुने सम्भावना ५० प्रशितशत छ ।
यो सूचिमा टर्की, जर्जिया, हंगेरी, आयरल्यान्ड, स्लोभानिया, ग्रिस, युक्रेन, आइसल्यान्ड, फिनल्यान्ड, बोस्निया एन्ड हर्जगोभिना, नर्वे, इजरायल, उत्तरी मासेडोनिया, चेक गणतन्त्र, मोन्टेनेग्रो, होन्डुरस, कोस्टा रिका, ट्रिनिडाड एन्ड गोबागो, कुराकाओ, हाइटी, पानामा, निकारागुआ, ग्वाटेमाला, जमैका, सुरिनेम र एल साल्भााडोर पनि रहेका छन् ।
यसैगरी, सन् २०२६ को फिफा विश्वकपमा छनोट हुने सम्भावना २० प्रतिशतभन्दा कम बाँकी रहेका राष्ट्रहरुको सँख्या ८२ रहेको छ । यो सूचिमा चिली, पेरु, बहराइन, चीन, किर्गिस्तान, प्यालेस्टाइन, कुवेत, मोजाम्बिक, बोत्सवाना, युगान्डा, गुइनी, माली, कोकोरस, माडागास्कर र नाइजेरिया छन् ।
यो सूचिमा इथियोपिया, सिएरा लियोन, गुइनी–बिसाउ, बुर्किना फासो, टोगो, दक्षिणी सुडान, माउरिसिनिया, रवान्डा, बेनिन, लेसोथो, जिम्बाबे, मोरिसस, लिबिया, एन्गोला, तान्जिनिया, जाम्बिया, केन्या, बुरुन्डी, नामिबिया, लाइबेरिया, मालावी, रोमानिया, अल्बानिया र बुल्गेरिया पनि छन् ।
कोसोभो, बेलारुस, आर्मेनिया, कजाकस्तान, लग्जम्बर्ग, अजरबैजान, क्युबा, बर्मुडा, ग्रेनाडा, बहामस, सेन्ट लुसिया, गुयना, बेलिज, डोमिनिकन रिपब्लिक, डोमिनिका, पुएर्टोे रिको र कायमन आइल्यान्डको पनि विश्वकपमा छनोट हुन सम्भावना २० प्रतिशतभन्दा कम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्रिकेटमा मुम्बईको पहिलो जित, पुछारमा धकेलियो कोलकाता
-
प्रभावकारी बन्दै सुरक्षित आप्रवासन कार्यक्रम
-
१२ बजे, १२ समाचार : संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयदेखि दुर्गा प्रसाईं निकट देवी संग्रौला पक्राउसम्म
-
एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीलाई १ लाख डलर सहयोग गर्ने सरकारको निर्णय
-
म्यानमारका भूकम्प पीडितलाई सहयोग गर्ने सरकारको निर्णय, नेपाली सेना पनि पठाउने
-
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सागर श्रेष्ठ नियुक्त