सिराहामा विभेद प्रकरण : गाउँपालिका अध्यक्ष र पूर्व वडाध्यक्ष धरौटीमा रिहा

सिराहा । सिराहाको औरही गाउँपालिका–५ मा महायज्ञ गर्न भनी दलितको घरमा डोजर चलाइएको घटनामा पक्राउ परेका औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र पूर्व वडाध्यक्ष दिलीपकुमार यादव शुक्रवार धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत सिराहाका न्यायाधीश विदुर काफ्लेको इजलासले जनही रु एक लाख धरौटीमा थुनामुक्त गर्न आदेश दिएको हो ।
स्रेस्तेदार नीरज पोखरेलका अनुसार जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कसुरमा मुद्दा दर्ता भएकामा शुक्रवार थुनछेक बहस भएको हो । वैशाख १९ गते अदालतमा हाजिर हुन जिल्ला अदालतले आदेश दिएको छ । यही चैत १७ गतेदेखि महायज्ञ लगाउन भन्दै औरही–५ का दलित दीपक मलिक (डोम) को घर गत फागुन १० गते भत्काइएको थियो ।
महायज्ञ आयोजक समितिका अध्यक्षसमेत रहेका जसपा जिल्ला सदस्य शिवजी यादव र समिति सचिव रहेका दिलीपकुमार यादव गत चैत ८ गते पक्राउ परेका थिए । दलित परिवारको घरमा डोजर चलाउन निर्देशन दिने महायज्ञका मूल पुजारी बजरंगी बाबा भने फरार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकलाई सांसद छान्ने अधिकार छ, फिल्म छान्ने छैन
-
‘पूर्वराजालाई राजसंस्थावादीहरूले गलत ढङ्गले मूल्याङ्कन गर्नुभएको छ’
-
आइतबार कस्तो छ काठमाडौँको वायु प्रदूषणको अवस्था ?
-
आईपीयूको दिगो विकास स्थायी समितिमा पहिलो पटक नेपालको प्रतिनिधित्व, शाक्य विजयी
-
नेपालविरुद्ध अफगानिस्तानले पहिले ब्याटिङ गर्ने
-
सिकन्दरको ‘हरिबिजोग’, सात दिनमा १०० करोड पनि कमाएन