राजावादी प्रदर्शनका क्रममा भएको आक्रमणको एनटीयूसीद्वारा भर्त्सना

काठमाडौँ । नेपाल ट्रेड युनियन कांग्रेस (एनटीयूसी) ले शुक्रबारको प्रदर्शनको क्रममा भएको हिंसात्मक प्रदर्शन, आक्रमण र तोडफोडप्रति भर्त्सना गरेको छ ।
शनिबार महासंघका महासचिव अजय कुमार राईले प्रेस विज्ञप्ति जारी गर्दै पूर्वराजाका समर्थकद्वारा भएको हिंसात्मक प्रदर्शन, निजी सम्पत्ति, अस्पताल, सञ्चार गृह, राजनीतिक दलका कार्यालय, व्यापारिक प्रतिष्ठान तथा सवारी साधनमा तोडफोड र आगजनी गरेको भन्दै भर्त्सना गरेको हो ।
महासंघले यस्तो अमानवीय, अराजक, हिंसात्मक तथा अमर्यादित घटनाले देशलाई आन्तरिक द्वन्द्व धकेल्नु बाहेक केही नहुने भन्दै राजनीतिक परिवर्तनको नाममा भएका यस्ता उच्छृङ्खल घटनाप्रति खेद प्रकट गरेको छ । सुरक्षा निकायले समेत यस्ता गतिविधि नियन्त्रण गरी शान्ति र सुरक्षाको प्रत्याभूत गर्न सक्नुपर्ने महासङ्घको भनाइ छ ।
एनटीयूसीले हिंसात्मक प्रदर्शनका कारण ज्यान गुमाउने पत्रकार सुरेश रजकको उचित क्षतिपुर्ति र घाइतेको उपचारमा गम्भीर भन्न सरकारसँग माग समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीलाई १ लाख डलर सहयोग गर्ने सरकारको निर्णय
-
म्यानमारका भूकम्प पीडितलाई सहयोग गर्ने सरकारको निर्णय, नेपाली सेना पनि पठाउने
-
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सागर श्रेष्ठ नियुक्त
-
संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय
-
सुदूरपश्चिममा अडियो काण्ड : फरक दलका नेता मिलेर अनियमितता
-
पूर्वाञ्चल विश्वविद्यालय र प्रडु युनिभर्सिटीबिच शैक्षिक सहकार्यको समझदारीपत्रमा हस्ताक्षर