सार्वजनिक सम्पत्तिमाथि भएको लुटपाट र आगजनीको क्षतिपूर्ति माग

काठमाडौँ । आन्दोलनका नाममा सार्वजनिक सम्पत्तिमाथि भएको आक्रमणप्रति नेपाल उद्योग वाणिज्य महासंघको ध्यानाकर्षण भएको छ ।
शुक्रबार काठमाडौँमा भएको प्रर्दशन र त्यसबाट सर्वसाधारण एवं उद्यमी व्यवसायीको पेसा व्यवसाय गर्न पाउने नैसर्गिक अधिकार हनन हुनुका साथै निजी तथा सार्वजनिक सम्पत्तिमाथि भएको आक्रमण, लुटपाट, आगजनी लगायत गतिविधिहरूबाट भएको क्षतिपूर्ति हुनुपर्ने महासंघले जनाएको छ ।
‘२०८१ चैत्र १५ गते काठमाडौँमा भएको आन्दोलन/प्रदर्शनका क्रममा मानवीय क्षतिसँगै धनजनमा भएको आक्रमण निक्कै दुखद छ । आन्दोलन/प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरू प्रति हार्दिक श्रद्धाञ्जली अर्पणसहित परिवारजनमा समवेदना व्यक्त गर्दै घाइते सबैको स्वास्थ्य लाभको कामना गर्दछौं ,’ महासंघले भनेको छ,‘ साथै, सर्वसाधारणको निजी जायजेथा, मिडिया हाउस, व्यावसायिक प्रतिष्ठानहरूको सम्पत्ति, कार्यालय र अन्य व्यापारिक गतिविधिहरूमा आक्रमण, आगजनी, लुटपाट लगायतका हिंसक घटनाबाट ठुलो क्षति पुगेकोमा यसको भर्त्सना गर्दै क्षतिपूर्ति हुनुपर्ने महासंघको माग छ ।’
संविधान प्रदत्त अधिकार भित्र रहेर आफ्ना माग राख्न पाइए पनि हिंसक आन्दोलन एवं प्रदर्शनका साथै लुटपाट, आगजनी, धनजनको क्षति र व्यक्तिगत सम्पत्ति माथिको आक्रमण निन्दनीय भएको जनाएको छ । कुनै पनि स्वरुपमा हुने यस प्रकारका घटना प्रति नेपाल उद्योग वाणिज्य महासंघ घोर निन्दा र भर्त्सना गर्दै महासंघले सार्वजनिक सुरक्षा सुनिश्चित गर्न र यस्ता घटनाहरूको पुनरावृत्ति रोक्न सम्बन्धित सबैमा आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीलाई १ लाख डलर सहयोग गर्ने सरकारको निर्णय
-
म्यानमारका भूकम्प पीडितलाई सहयोग गर्ने सरकारको निर्णय, नेपाली सेना पनि पठाउने
-
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सागर श्रेष्ठ नियुक्त
-
संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय
-
सुदूरपश्चिममा अडियो काण्ड : फरक दलका नेता मिलेर अनियमितता
-
पूर्वाञ्चल विश्वविद्यालय र प्रडु युनिभर्सिटीबिच शैक्षिक सहकार्यको समझदारीपत्रमा हस्ताक्षर