भाटभटेनीले भन्यो– मोबाइल, घडी, बियर, महँगा ब्रान्डका रक्सी लुटपाट भयो

काठमाडौँ । भाटभटेनी सुपरमार्केट्सले शुक्रबार काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनका क्रममा केही उच्छृङ्खल समूहले कोटेश्वरस्थित आफ्नो स्टोरमा प्रवेश गरेर विभिन्न सामग्री लुटपाट गरेको जनाएको छ ।
सो समूह एक्कासि भवनभित्र प्रवेश गरेर मोबाइल, घडी, बियर, महँगा ब्रान्डका रक्सी, कपडा, फलफूल, जुसलगायतका सयौँ वस्तु लुटपाट गरेको सीओओ पानु पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
साथै भाटभटेनीको भवनमाथि इँटा र ढुंगा प्रहार हुँदा क्षति पुगेको उनको भनाइ छ ।
‘क्षतिको मूल्याङ्कन र फुटेका सिसा केही दिनभित्रै पुनःनिर्माण गरिने जानकारी गराउँदै कोटेश्वरस्थित भाटभटेनी रातभरको सरसफाइपछि बिहानदेखि नियमित सञ्चालनमा आएको जानकारी गराउन चाहन्छु’, उनको विज्ञप्तिमा उल्लेख छ ।
एक्कासि हुलहुज्जत गरी स्टोरमा प्रवेश गरेर लुटपाट र क्षति पुर्याउनेहरूलाई सरकारले छिट्टै कानुनी दायरामा ल्याउनेमा भाटभटेनीले विश्वास गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रभावकारी बन्दै सुरक्षित आप्रवासन कार्यक्रम
-
१२ बजे, १२ समाचार : संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयदेखि दुर्गा प्रसाईं निकट देवी संग्रौला पक्राउसम्म
-
एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीलाई १ लाख डलर सहयोग गर्ने सरकारको निर्णय
-
म्यानमारका भूकम्प पीडितलाई सहयोग गर्ने सरकारको निर्णय, नेपाली सेना पनि पठाउने
-
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सागर श्रेष्ठ नियुक्त
-
संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय