काठमाडौँ । समाजवादी मोर्चाका नेताहरू शनिबार बिहान आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा भएको क्षतिको अनुगमनका लागि पुगेका छन् ।
शुक्रबार व्यवस्था उल्टाउने भन्दै सडकमा उत्रिएका राजवादीहरूको समूहले पार्टी कार्यालयमा तोडफोड गर्नुका साथै लुटपाट र आगजनी गरेका थिए ।
अनुगमनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’, नेसपा अध्यक्ष महिन्द्र राय यादवसहित एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायतका नेताहरू उपस्थित थिए । मोर्चाले कार्यालयमा भएको तोडफोडको भर्त्सना गरेको छ ।
प्रतिक्रिया